Advertisement

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि घट्यो

0 210

Advertisement

२८ भदाै, एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्ला केही दिनदेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा लगातार कमी हुदै आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भारतमा पछिल्लो २४ घण्टामा २७ हजार २५४ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

अघिल्लो दिन सार्वजनिक गरिएको विवरणमा भने २८ हजार ५९१ जना नयाँ सङ्क्रमितहरु थपिएको उल्लेख गरिएको थियो । त्योभन्दा अघिल्लो दिन शनिबार बिहान भारतमा कोरोनाभाइरसबाट एक दिनमा थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो । त्यसदिन नयाँ थपिएका सङ्क्रमित मध्ये २५ हजार १० जना केरलाका मात्रै रहेका थिए ।

भारतमा सोमबार बिहानसम्ममा कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड ३२ लाख ६४ हजार १७५ पुगेको मन्त्रालयले जनाएको छ ।नयाँ सङ्क्रमित मध्ये केरलामा धेरै रहेका छन् । पछिल्लो २४ घण्टामा केरलामा मात्रै २० हजार २४० जना नयाँ सङ्क्रमित थपिएका हुन ।

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा पनि धेरै कमी आएको छ । भारतमा अहिले तीन लाख ७४ हजार २६९ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयले जनाएको छ । यो सङ्ख्या ८० दिनपछिकै सवैभन्दा कम भएको पनि अधिकारीहरुले बताएका छन् ।

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या बढी भएकाले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्यामा कमी आएको हो । पछिल्लो २४ घण्टामा २७ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिँदा ३७ हजारभन्दा बढी सङ्क्रमितहरु घटेका छन् । सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या र नयाँ थपिने सङ्क्रमितको सङ्ख्या १० हजारभन्दा बढी फरक परेको छ ।

भारतमा अहिलेसम्म कुल तीन करोड २४ लाख ४७ हजार ३२ जना सङ्क्रमणमुक्त भएका छन् भने चार लाख ४२ हजार ८७४ जनाको मृत्यु भएको छ । ती मध्ये पछिल्लो २४ घण्टामा २१९ जनाको मृत्यु भएको हो । भारतमा कोरोनाभाइरसका कारण दैनिक मृत्यु भएकाहरुको सङ्ख्यामा पनि कमी आएको छ । अघिल्लो दिन ३३८ जनाको मृत्यु भएको थियो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.