Advertisement

काभ्रेमा आपतकालीन गोदाम घर

0 188

Advertisement

२८ भदाै, काभ्रेपलाञ्चोक । विपत्का घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार कार्य गर्ने उद्देश्यले धुलिखेल नगरपालिका–३ मा प्रदेशस्तरीय गोदाम घर (वेयर हाउस) निर्माण भएको छ । बागमती प्रदेशका विभिन्न जिल्लामा विपत्का समयमा आवश्यक पर्ने उद्धार सामग्रीको भण्डारणका लागि हालै उक्त घर निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । प्रदेश सरकारको रु ३१ लाख ४२ हजारको लागतमा निर्माण भएको घरमा मोटरबोट, रुख काट्ने मेसिनलगायतका उद्धारका समाग्री राखिने काभ्रेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारीदिनुभयो । उक्त घरमा विपत्मा खोज तथा उद्धार गर्ने सबै प्रकारका सामग्री राख्नेछौँ, यो व्यवस्थापनले पीडितलाई निकै राहत पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।

नगरपालिकाले उपलब्ध गराएको जग्गामा उक्त घर निर्माण गरिएको हो । प्रउखत्रीका अनुसार प्रदेशस्थित आसपासका जिल्ला सिन्धुपाल्चोक, रामेछाप, दोलखा, सिन्धुली जिल्लामा हुने सम्भावित घटनामा छिटोभन्दा छिटो खोज तथा उद्धार गर्न सकिनेछ । यसका लागि प्रहरी नायब निरीक्षकको कमाण्डमा खाज तथा उद्धारमा तालिमप्राप्त २५ प्रहरी व्यवस्थापन गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उक्तघरमा भने खोज तथा उद्धारका सामग्री राख्ने प्रक्रियामा छ ।

उक्त टोलीले मेलम्ची घटनामा खोज तथा उद्धार तथा अवरुद्ध राजमार्ग खुलाउन महत्वपूर्ण भूमिका खेलेको प्रहरीले जनाएको छ । उक्त टोलीलाई बाढी–पहिरो, आगलागी, भूकम्पलगायतका विपत्का घटनामा खोज तथा उद्धार गर्न थप नयाँ प्रविधिको तालिमको दिइने जनाइएको छ । खोज तथा उद्धारमा खट्ने प्रहरीका लागि आवास भवनसमेत निर्माण गर्न बागमती प्रदेश सरकार र धुलिखेल नगरबीच समन्वय भइरहेको उहाँले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.