Advertisement

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0 670

Advertisement

२८ भदाै, चितवन । नारायणगढको लायन्सचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–१० का ३१ वर्षीय यदुराज पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार सिमेन्ट लिएर जनकपुरतर्फ जाँदै गरेको ना८ख ६२४९ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको ना ३९ प २०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पौडेल गम्भीर घाइते भएका थिए । घाइते पौडेलको उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । पौडेलको शव भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.