Advertisement

गनन्जय र सुस्मितालाई स्वर्ण

0 327

Advertisement

२८ भदौ, काठमाडौं । गनन्जय दाहाल र सुस्मिता खड्का १५ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको सिंगल्समा च्याम्पियन बनेका छन् । गनन्जय पुरुष तथा सुस्मिता महिलामा पहिलो भए ।

हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए । महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ र प्रनिका कुँवर तेश्रो स्थानमा रहे ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष भेट्रान ४० वर्षमाथि उमेश मानन्धरले स्वर्ण, जयराम महर्जनले रजत तथा राजु शाक्य र निकेशप्रसाद जोशीले कांस्य जिते । पुरुष भेट्रान ५० वर्षमाथि राजेन्द्र वज्राचार्य, किरण ब्यञ्जनकार तथा इन्द्रशेखर खड्का र सरदमान श्रेष्ठ क्रमशः शीर्ष तीन स्थानमा रहे । ६० वर्षमाथि जगदेश्वरप्रसाद जोशी पहिलो, रोशन प्रधान दोश्रो तथा ध्रुव श्रेष्ठ तेश्रो बने ।
महिला भेट्रान ५० वर्षमाथि सविता बस्नेत पहिलो, इन्दिरा पौडेल पराजुली दोश्रो र सम्झना पोखरेल तेश्रो भए । अर्सना महर्जन तथा श्रेया शाक्य उदीयमान खेलाडी चुनिए ।

पूर्व सदस्य–सचिव राणालगायतको निधनमा शोक सभा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव रुक्मशमशेर राणालगायतको निधनमा राखेपले आइतबार शोक सभा आयोजना ग¥यो ।
स्व. राणालगायत खेलाडी, प्रशिक्षक, कर्मचारी, खेलकुद कर्मचारीका परिवार, खेल पदाधिकारीको निधनमा शोकसभा आयोजना गरिएको हो । कोरोना भाइरस (कोभिड– १९) को रोकथाम र नियन्त्रण गर्न लागू गरिएको निशेधाज्ञा– २ देखि हालसम्म निधन भएका खेलकुदसंग सम्बन्धितको सम्झनामा त्रिपुरेश्वरस्थित राखेप हातामा शोकसभा आयोजना गरिएको थियो ।

राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल, राखेप सदस्य एवं कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेप सदस्य रिमबहादुर रानाभाट, सुभाष श्रेष्ठ, रेणुका श्रेष्ठ, राष्ट्रिय खेल संघका पदाधिकारी, कर्मचारी, प्रशिक्षकलगायतले दिवंगतहरुको तस्वीरमा पुष्पगुच्छा चढाईं भावपूर्ण श्रद्धाञ्जली अर्पन गरेका थियो ।
त्यसअघि उनीहरुको सम्झनामा १ मिनेट मौन धारणा गरिएको थियो । सोमबार राखेपअन्तर्गतका सम्पूर्ण कार्यालय बन्द गरिने भएको छ ।

रोशन र बुद्धलाई स्वर्ण

मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् ।

पुरुष ४५ केजीमा रोशनले विष्णुदेवी डोजोका सुनिल ठगुन्ना तथा ५० केजीमा बुद्धले एनएसकेका धनबहादुर सुनुवारलाई फाइनलमा पराजित गरे । पुरुष एकल कातामा नरहरिपुरका स्वर्णिम मानन्धर पहिलो तथा चन्द्रागिरीका सन्दिप राई दोश्रो भए । सोही स्पर्धाको महिलामा नरहरिपुरकी सन्जु देशारले स्वर्ण तथा प्रयागपोखरीकी सुभद्रा थापाले रजत जिते ।

पुरुष ३० केजीमा बौद्धका प्रभात मगरले विष्णुदेवीका सोनम लामा, ४० केजीमा विष्णुदेवीका राजेश मानन्धरले इचङगुनारायणका सेभेन श्रेष्ठ तथा ३५ केजीमा विष्णुदेवीका सन्देश लामाले नरहरिपुरका ओम ठाकुरलाई फाइनलमा हराउदै पहिलो स्थान हात पारे ।

शंखधर डोजो, थिमीद्वारा आयोजित प्रतियोगिताको महिला ३० केजी फाइनलमा मानसिंह डोजोकी अनु मोक्तानले लुभूकी प्रमिला पाख्रिनलाई पन्छ्याउदै शीर्ष स्थान कब्जा गरिन् ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेप एवं कार्यकारी समितिका सदस्यद्वय एकेन्द्र कुँवर र नन्दा बस्याल, राखेप सदस्य सुभाष श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।
मध्यपुर थिमी नगरपालिका र शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा ४ सय ७४ खेलाडीले विभिन्न २० स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने प्रतियोगिता संयोजक १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता करातेका मन्डेकाजी श्रेष्ठले जनाएका छन् । कराते र किक बक्सिङका ४ उत्कृष्ट खेलाडीले माउनटेन बाइक पुरस्कार स्वरुप प्राप्त गर्ने छन् । बोडेमा भइरहेको प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।

उद्घाटनका अवसरमा मध्यपुर थिमी नगरपालिका मेयर मदनसुन्दर श्रेष्ठ, आठौं र नवौं सागका स्वर्णधारी कारतेका दीपक श्रेष्ठ, सागका ४ स्वर्ण पदक विजेता तेक्वान्दोका दीपक विष्ट, रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपालीलगायतलाई सम्मान गरिएको थियो ।

वडा ६ विजयी

वडा ६ ले नवौं कीर्तिपुर नगरव्यापी अन्तर वडा पुरुष÷महिला बास्केटबल प्रतियोगिताको महिलामा जित हात पारेको छ । वडा ६ ले वडा १० लाई ३६–३१ ले पराजित ग¥यो ।

कीर्तिपुर बास्केटबल संघको आयोजनामा कीर्तिपुरको नयाँबजार कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा वडा ८ ले वडा १० ‘ए’ लाई ६८–६१, वडा ६ ले वडा १० ‘सी’ लाई ४५–३३ र वडा ९ ले वडा ५ लाई ६५–६२ ले हराए ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.