सोमबार सुनचाँदीको भाउ बढ्यो
२८ भदाै, ककाठमाडाैँ । नेपाली बजारमा सोमबार सुनचाँदी दुबैको भाउ बढेको छ । आइतबारको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन तोलाको ३०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी चाँदीको भाउ पनि ५ रुपैयाँल वृद्धि गरी तोलाको १ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।
आइतबार छापावाला सुनको भाउ प्रतितोला ९० हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ८०० रुपैयाँ र चाँदी भाउ तोलाको १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।