Advertisement

राजविराजमा कृषि विश्वविद्यालय

0 339

Advertisement

२८ भदाै, राजविराज । प्रदेश नं २ सरकारले कृषि क्षेत्रको विकासका लागि यहाँ कृषि विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ । प्रदेश सरकारको नीति तथा कार्यक्रममा विश्वविद्यालय स्थापना सम्बन्धी बुँदा समावेश गरिँदै आइएको छ । आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्रप्रसाद साहले रासससँग कुरा गर्दै सप्तरीमा कृषि विश्वविद्यालय स्थापना गर्न लागिएको जानकारीदिनुभयो ।

विश्वविद्यालय स्थापना गर्नको लागि तत्काल रु २५ करोड जुटाउन प्रयास भइरहेको र यसका लागि छिट्टै पूर्वाधारको समेत व्यवस्थापन गरिने उहाँले बताउनुभयो । उहाँले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसमै कृषि विश्वविद्यालय सञ्चालन गर्ने तयारी गरिएकोसमेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो “विश्वविद्यालय स्थापना लागि यसै महिनादेखि काम सुरुआत हुन्छ । यसका आवश्यक लागि रकम विनियोजन हुन्छ ।” यस्तै प्रदेश सरकारले पर्साको वीरगञ्जमा विज्ञान प्रविधि विश्वविद्यालयसमेत तत्काल स्थापना गर्ने तयारी गरेको जनाइएको छ । यसका लागि रु २५ करोड बजेट छुट्याउने र काम चाँडै सुरु गर्ने मन्त्री साहले जानकारी दिनुभयो ।

यसैगरी चालु आर्थिक वर्षदेखि ‘एक निर्वाचन क्षेत्र पाँच किलोमिटर कालोपत्रे’ सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउने योजनासमेत रहेको जनाइएको छ ।

फोहोर व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न माग

राजविराज नगरका युवाले लामो समयदेखि अस्तव्यस्त रहेको नगरको सडक अबस्था, फोहोर व्यवस्थापन तथा छाडा चौपाया नियन्त्रण गर्न माग गरेका छन् । नगर प्रमुख शम्भुप्रसाद यादवलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले फोहरले नगरको सौन्दर्य नै हराएको जनाउँदै तत्काल सम्बोधन गर्न आग्रह गरेका हुन् ।

सो अवसरमा नगरप्रमुख यादवले नगर सुन्दर बनाउने अभियानमा नगरपालिका सधै साथमा रहेको बताउनुभयो । पछिल्लो समय नगर क्षेत्रमा सुँगुर, कुकुर र गाईगोरुको छाडापनका कारण नगरवासी हैरानी खेप्न बाध्य भएका छन् । नगरपालिका करिब ६० बिघाभन्दा बढी क्षेत्रफलमा फैलिएको छ । नगरपालिकाले विगत आठ वर्षदेखि प्रत्येक नगर परिषद्मा डम्पिङ साइटको व्यवस्था गर्ने कुरा उठाउँदै आएको छ तर अझैसम्म कार्यान्वयन नहुँदा नगर क्षेत्रको फोहोर व्यवस्थापन चुनौती बनेको छ । फोहोर फाल्ने ठाउँ अभावका कारण होटल, तरकारी लगायत अन्य पसलको फोहोर सडकमै थुप्रिएका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.