Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

९७० घरेलु उद्योग दर्ता

0 50

२७ भदाै, लमजुङ । घरेलु तथा साना उद्योग कार्यालयमा ९७० घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७-७८ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा सो सङ्ख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख तोपलाल भुषालले बताउनुभयो । जिल्लामा नयाँ घरेलु उद्योग दर्ता गर्नेमा वृद्धि हुन थालेको छ, अघिल्लो आर्थिक वर्षभन्दा गत आर्थिक वर्षमा ३०१ नयाँ घरेलु उद्योग बढी रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै आव २०७७-२०७८ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ३६९ उद्योग नवीकरण गरिएका छन् ।

वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४० नयाँ दर्ता भएका छन् । त्यस्तै ५५८ नवीकरण गरिएको घरेलु कार्यालयले जनाएको छ । आव २०७६-७७ को साउनदेखि असारसम्मको एक वर्षको अवधिमा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएका प्रमुख भुषालले बताउनुभयो ।

यस अवधिमा २३७ घरेलु उद्योग नवीकरण भएका थिए । त्यस्तै वाणिज्यतर्फ ७६२ नयाँ दर्ता भएका छन् भने २३० नवीकरण गरिएका छन् । आव २०७५-७६ मा जम्मा ४६८ मात्रै कार्यालयमा घरेलु उद्योग दर्ता गरिएका थिए । त्यस्तै यस चालू आवका चार महिनाको अवधिमा ८७ घरेलु उद्योग नवीरण भएका कार्यालय प्रमुख भुषालले जानकारी दिनुभयो । उहाँका अनुसार वाणिज्यतर्फ ६२९ दर्ता भएका छन् भने नवीकरण १५७ भएका छन् । आव २०७५-७६ मा उद्योग नवीकरण २७० गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार वाणिज्यतर्फ ४१४ दर्ता गरिएका थिए भने नवीकरण ४५८ गरिएको थियो । त्यस्तै आव २०७४-७५ मा २६७ नयाँ उद्योग दर्ता भएका थिए । त्यस्तै १६४ उद्योग नवीकरण भएको कार्यालयले जनाएको छ । वाणिज्यतर्फ २१० नयाँ फर्म दर्ता भएका थिए भने २६४ को नवीकरण गरिएको थियो । घरेलुमा उद्योग दर्ता गर्दा कानुनी झन्झट नहुने, सरकारी सेवा सुविधा पाउने र स्थानीय तहले घरेलुमा दर्ता गराउनुपर्छ भन्ने सन्देश फैलाएकाले कार्यालयमा दर्ता गर्ने व्यवसायी बढ्दै गएको कार्यालय प्रमुख भुषालको भनाइ छ । उहाँका अनुसार जिल्लाका बँसीशहर बजार, भोटेओडार, सोती पसल सुन्दरबजार, भोर्लेटारलगायतका स्थानमा पसल बढिरहेका छन् ।

दर्ता भएका उद्योगमध्ये अधिकांश सिलाइकटाई, कृषि फर्म, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, अलैँची, बङ्गुर फर्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा रहेको कार्यालयले जनाएको छ । साविक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा विसं २०४४-४५ देखि हालसम्म चार हजार ७४८ घरेलु उद्योग दर्ता भएका छन् । चार हजार ६६१ वाणिज्यतर्फ फर्म दर्ता भएका कार्यालयले जनाएको छ । विसं २०४४-४५ देखि हालसम्म चार अर्ब भन्दा बढी पुँजी लगानी भएको कार्यालय प्रमुख भुषालले जानकारी दिनुभयो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.