Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

संसद् बैठक शुरु, सभामुखद्वारा बैठक अवरोध नगर्न आग्रह

0 66

२७ भदाै, काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न प्रमुख प्रतिपक्षी दल (नेकपा एमाले) का सांसदहरुलाई आग्रह गर्नुभएको छ । आजको बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै बैठक अवरोध गर्नुभएको थियो ।

एमालेका सांसदहरुको लगातारको अवरोधपछि सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो ।

उहाँले बैठक नियमित अवरोध गर्दा अन्य सांसदको अधिकार सङ्कुचन हुने भन्दै बैठक सहज रुपमा सञ्चालन गर्नका लागि सहयोग गर्न र संवादबाट नै सबै समस्याको निकासका लागि आग्रह गर्नुभयो ।

उहाँले सर्वोच्च अदालतमा विचाराधीन न्याय निरुपणको विषय संसद्मा छलफल गर्न प्रतिबन्ध रहेको कानूनका बारेमासमेत ध्यानाकर्षण गराउनुभएको थियो ।

एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई प्रतिनिधिसभा प्रवेशमा रोक लगाउनुपर्ने मागसहित विरोध गर्दै आएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.