Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

पेरु कम्युनिष्ट क्रान्तिका नेता गोन्जालोको निधन

0 85

२७ भदौ, पेरु । पेरु क्रान्तिका नेता गोन्जालोको निधन भएको छ । उनी जेलमै रहेको अवस्थामा ८६ वर्षको उमेरमा निधन भएको हो । उनी सन् १९९२ देखि जेलमा थिए । आतंक फैलाएको आरोपमा उनलाई सरकारले आजीवन कारावासको सजायँ दिएको थियो । दार्शनिक नेता गोन्जालो विश्वभरका कम्युनिष्ट क्रान्तिकारीका प्रेरणाका स्रोत मानिन्छन् ।

को हुन् गोन्जालो ?

गोन्जालोको वास्तविक नाम अबिमेल गुजम्यान हो । उनको जन्म सन् १९३४ मा पेरुको दक्षिण तटमा अवस्थित मोलेन्डो शहर नजिक भएको थियो । सन् १९९० को दशकमा पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष गोन्जालोको नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु भएको थियो । गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत सो क्रान्तिले पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुसमेत कब्जा गरेको थियो । साइनिङ पाथ राजधानी लिमासहित केन्द्रीय सत्ता पनि कब्जा गर्ने उद्देश्यको नजिक पुगिसकेको थियो ।

यसैक्रममा सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्राउ परे । उनलाई सैनिक जेलमा थुनेर आजीवन काराबासको सजायँ सुनाइयो । दोस्रो र तेस्रो तहसम्मका नेताहरु पनि पक्राउ परे ।

सन् १९८१ बाट शुरु भएको पेरुको कम्युनिष्ट क्रान्तिले गम्भीर धक्का खायो । सन् १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसक्ने योजना सफल हुन सकेन । तर पनि पेरुमा १९९९ सम्म चलेको जनयुद्धको क्रममा ७० हजारको ज्यान गएको थियो ।

RSS Error: WP HTTP Error: A valid URL was not provided.



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.