Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सुनचाँदीको मूल्यमा गिरावट जारी, आइतबार तोलामा ४०० ले घट्यो भाउ

0 93

२६ भदाै, काठमाडाैँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ । तिजको दिन बिहीबार घटेर शुक्रबार १०० रुपैयाँले बढेको सुनको भाउ आइतबार फेरि तोलामा ४०० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आइतबार सुन तोलाको ४०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ३०० रुपैयाँ, तेजावी सुनको भाउ ८९ हजार ८०० रुपैयाँ र चाँदी भाउ तोलाको १ हजार १९५ रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेर छापावाला सुन तोलाको ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.