Advertisement

७७७ जना सङ्क्रमित थपिए, एक हजार ३६८ जना निको, १२ को मृत्यु

0 281

Advertisement

२६ भदाै, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ७७७ जना सङ्क्रमित थपिएका छन् । गएको २४ घण्टामा छ हजार १३७ आरटीपीसीआर परीक्षण गरिएकोमा ७७७ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
यस्तै तीन हजार ७०३ वटा एन्टीजेन परीक्षण गर्दा २१७ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.१ प्रतिशत छ । मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार ३६८ जना कोरोनामुक्त भएको जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९३६ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा ६८ हजार ६३० ले कोरोनाविरुद्धको खोप लगाएका छन् । नेपालमा शुक्रबारसम्म २७ हजार ३५५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.