Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

ऋषेश्वर महादेव मन्दिर खुला

0 202

२६ भदाै, काठमाडौँ । काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिर ऋषि पञ्चमीका दिन आज सर्वसाधरणका लागि खुला गरिएको छ ।

प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिन खुला हुने उक्त मन्दिर स्वास्थ्य मापदण्ड कायम गरी खुला गरिएको छ । भीड कम हुने गरी दर्शनको व्यवस्था मिलाइएको उक्त मन्दिरमा सप्तऋषिको पूजाआराधना गर्न भक्तजन आएका छन् । कोभिड–१९ को महामारीका कारण उक्त मन्दिर गत वर्ष बन्द गरिएको थियो ।

काठमाडौँ महानगरपालिका–१२ स्थित सो मन्दिरमा महिलाले विशेषगरी विधिपूर्वक सप्तऋषिको पूजा गरेका छन् । कश्यप, अत्रि, भारद्वाज, गौतम, यमदग्नि, वशिष्ठ र विश्वामित्रलाई सप्तऋषि भनिन्छ । काठमाडौँ महानगरपालिका–१२ का वडाध्यक्ष विकास डङ्गोलले भक्तजनको आग्रहअनुसार मन्दिर खुल्ला गरिएको जानकारी दिनुभयो ।

दर्शनार्थीलाई स्वास्थ्य समस्या भएमा वडाको स्वास्थ्य क्लिनिक र रेडक्रसको सहयोगमा स्थानीय बुद्ध माइ सेन्टर अस्पताल लैजाने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो । भीड कम गर्न कुनै पनि सङ्घसंस्थाको प्रतिनिधिलाई स्वयम्सेवकका रुपमा राखिएको छैन ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.