Advertisement

कांग्रेसका १२ केन्द्रीय सदस्यले ५ बुँदे माग अघि सार्दै भने- ‘महाधिवेशन हुने सुनिश्चितता गरियोस्’

0 634

Advertisement

२६ भदाै, काठमाडाैँ । कांग्रेसका केन्द्रीय सदस्यहरुले १४ औं महाधिवेशनको सुनिश्चितताका लागि पाँच बुँदे मागसहित पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन् । १२ जना केन्द्रीय सदस्यहरुले सामूहिक विज्ञप्ति जारी गर्दै अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केन्द्रीय कार्यालयमा धर्ना र अनसन चलिरहनुलाई सुखद मान्न नसकिने भन्दै पार्टीको विधान र देशको संविधानमा उपलब्ध समयसीमा नाघ्दासमेत कतिपय जिल्लामा अधिवेशन सुरु हुन नसकेकाप्रति दुःख व्यक्त गरेका छन् ।

केन्द्रीय सदस्यहरु डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदीप पौडेल, रामकृष्ण यादव र किरण यादवले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशनको तालिका संशोधन गरी स्थानीय तहको अधिवेशनहरु पर सारिएकाप्रति समेत ध्यानाकर्षण भएको जनाएका छन् ।

‘काठमाण्डौं, मोरङ लगायतका १९ जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक गरिएको छैन । र अधिवेशनको प्रक्रिया प्रारम्भ हुन सकेको छैन । यसले देशभर एकैपटक सुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको छ । र अधिवेशनको आयोजनामासमेत विभेद भएको छ,’ विज्ञप्तिमा छ ।

नेताहरुले पार्टीको अधिवेशन सुरु भइसक्दा पनि धर्ना र अनसन नरोकिएको भन्दै सबैलाई सम्बोधन गर्दै अघि बढ्न माग गरेका छन् । ‘कांग्रेस सबै नेपालीको साझा फूलबारी भएकाले समानुपातिक प्रतिनिधित्वको माग गरिरहनु भएका साथीहरूको मागप्रति हाम्रो ऐक्यबद्धता छ । यसको अविलम्ब सम्बोधन होस्,’ नेताहरुले भनेका छन् ।

यस्तै, डडेल्धुरामा विधि र प्रक्रिया विपरीत केन्द्रबाट थोपरिएका क्रियाशील सदस्यहरु खारेज गरी विधिसम्मत् रुपमा थप भएका क्रियाशील सदस्यहरुको नामावली कायम गरेरमात्र अधिवेशनको प्रक्रिया सुचारु गर्न माग गरेका छन् । कतिपय जिल्लाको अधिवेशन नै पूरा भइसक्दा कतिपयको भने क्रियाशील सदस्यको सूचीसमेत प्रकाशित नहुँदा नेता कार्यकर्तामा मानसिक तनाव भएको भन्दै यथाशिघ्र सदस्यताको सूची सार्वजनिक गर्न माग गरेका छन् ।

त्यस्तै, निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामाले महाधिवेशनलाई अन्योल बनाएको भन्दै नेताहरुले विश्वासको वातावरण बनाउन आग्रह गरेका छन् । यादवले दिएको राजीनामा शुक्रबार सभापति शेरबहादुर देउवाले अस्वीकृत गरेका थिए ।

केन्द्रीय सदस्यहरुले पार्टीका आन्तरिक मामिलाका विषयमा छलफल गर्न तुरुन्तै केन्द्रीय समितिको बैठक बोलाउनसमेत माग गरेका छन् । ‘यी सबै घटनाक्रमहरु पार्टी नेतृत्वका घरेलु मामला होइनन् । कांग्रेसका झण्डै नौ लाख सदस्यहरुको साझा मामला, चिन्ता र सरोकार हुन्,’ विज्ञप्तिमा लेखिएको छ, ‘यी सबै विषयहरु निरुपण गरी महाधिवेशनतर्फ अग्रसर हुन ठोस छलफलको आवश्यकता भएकाले अविलम्ब केन्द्रीय समितिको बैठक बोलाइयोस् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.