Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

भारतमा भन्दा नेपालमै शेयरधितो कर्जा धेरै !

0 95

२५ भदाै, काठमाडाैँ । पछिल्लो समय नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा (मार्जिन लोन) घटाएको विषयलाई लिएर गभर्नर विरुद्ध केही व्यक्तिले आन्दोलन गरे । तर छिमेकी देश भारतमा हाल नेपालमा कायम रहेको सेयर धितो कर्ता भन्दा धेरै गुणा कम धितो कर्जा छ । भारतीय केन्द्रीय बैंकले नेपालमा भन्दा धेरै कडाई गरेको छ । तथापी भारतको सेयर बजारमा राम्रै विस्तार भएको देखिन्छ । 

छिमेकी मुलुक भारतको भन्दा नेपालमा शेयर धितोकर्जाको सीमा धेरै रहेको छ । जहाँ नेपालमा भन्दा भारतको पुँजी बजार धेरै गुणा माथि रहेको छ । यति ठूलो पुँजी बजार रहेको देश भारतमा शेयर मार्जिन कर्जाको सीमा प्रति व्यक्ति २० लाख भारु छ भने ब्रोकरबाट बढीमा ५ गुणा अर्थात १ करोड भारुसम्म मात्रै शेयर धितोकर्जा लिन पाउने व्यवस्था रहेको छ । भारतका केही समय अघि शेयर धितो कर्जाको सीमा २ करोड भारुसम्म रहेको थियो ।

तर, यस्तो व्यवस्थाले कर्जा लिने व्यक्तिहरुले शेयर बजारमा म्यानुपुलेशन गरेको भन्दै नियामक निकायले १ करोड भारु सीमा तोकेको छ । पुँजीबजार एकदमै विकसित भएका देशमा शेयर धितो कर्जा कम रहेको र पुँजीबजार विकसित नभएको मुलुकमा प्रोशाहन बढाउनको लागि भए पनि बढी नै रहेको पूर्व गभर्नर नेपालले बताए ।

शेयर धितो राखेर मार्जिन प्रकृतिको कर्जा लिने केहि सयको सङ्ख्यालाई रोक्नका लागी ४ करोड र १२ करोडको सिमा तोकिएको स्पष्ट देखिएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार पनि १६२ जनाले १२ करोड भन्दा बढीको शेयरधितो कर्जा लिएका छन् । सेयर बजारमा सीमित व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर बजारलाई आफ्नो स्वार्थ अनुकुल संचालन गर्ने काम रोकिने गरी ल्याएको नीति समग्रमा हेर्दा राम्रो रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.