Advertisement

चट्याङ लागेर रुपन्देहीमा बालकको मृत्यु, पाँच घाइते

0 710

Advertisement

२५ भदाै, रूपन्देही ।  रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक वालकको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

मर्चवारी गाउँपालिका-३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

साँझ साढे ५ बजेपछि २ जना खेतबाट घाँस काटेर खेतको आली भएर आउने क्रममा चट्याङ लागेर उनको मृत्यु भएको हो । सँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

यसैगरी सोही समयमा मर्चवारी १ कोटियहवाको इन्द्रावती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले जानकारी दिए । घाइतेहरूको उपचारको लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.