Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

सत्ता गठबन्धन बैठकः मन्त्रिपरिषद् विस्तार चाँडै

0 86

२५ भदाै, काठमाडाैँ । सत्ता गठबन्धनको बैठकले मन्त्रिपरिषद् विस्तार चाँडै टुङ्ग््याउनेबारे छलफल गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीहरुको नाम छिटो दिन गठबन्धनका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।

बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन गठबन्धनका नेतासँग आग्रह गर्नुभएको बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पोडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे बढीसमय छलफल भयो, साथै गठबन्धनलाई अझै परिस्कृत गरेर लैजाने तथा संसद्मा विधेयक टेबुल गर्नेबारे पनि कुराकानी भएको छ । साँझ ६ बजे बैठक पुनः बस्नेगरी सकिएको छ ।”

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन आ–आफ्नो पार्टीमा सल्लाह गरेका मन्त्रीहरुको नाम चाँडो टुग््याउन आग्रह गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति थियो ।

नेपाली कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले गत असार २९ गते प्रधानमन्त्री पदको शपथ ग्रहण गर्नुभएको थियो । त्यसयता करिब दुई महिनाको अवधिमा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्र हुनुहुन्छ । मन्त्रिपरिषद्लाई चाँडो पूर्णता दिन प्रधानमन्त्री देउवालाई पार्टीभित्रैबाट दबाब छ । यसअघि बिहीबार पनि मन्त्रिपरिषद् विस्तारलगायत समसामयिक परिस्थितिबारे गठबन्धनका नेताबीच छलफल भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.