Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

तेह्रथुम पावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड

0 101

२५ भदौ, काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमीटेडको आइपीओ बाँडफाँड भएको छ ।

निश्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो ।
आइपीओमा आवेदन दिएकामध्ये ७४ हजार ४०० ले १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी सबैको हात खालि भएको छ ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ८ लाख कित्ता सेयरको सार्वजनिक निश्कासन गरेको थियो । जसमध्ये कम्पनीका कर्मचारी र म्युचुअल फण्डहरुलाई सुरक्षित गरिएबाहेक सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता छुट्याइएको थियो । यही कित्ता खरीदका लागि आवेदन दिएका २३ लाख ५५ हजार ४४७ मध्ये ७४ हजार ४०० ले मात्र १० कित्ताको दरले सेयर पाएका हुन् ।

आवेदन दिएकामध्ये ८ हजार ८२० आवेदकको आवेदन रद्ध गरिएको थियो । यसरी हेर्दा २३ लाख ४६ हजार ६२७ सदर आवेदकबाट २ करोड ९२ लाख ६९ हजार ६४० कित्ता खरीदका लागि आवेदन परेको देखिन्छ । यसरी हेर्दा कुल सदर आवेदकमध्ये ३.१७ प्रतिशतले मात्र १० कित्ताको दरले सेयर पाएका छन् । बाँकी ९६.८३ प्रतिशत आवेदकको हात रित्तो भएको छ ।

तेह्रथुम पावरले भदौ ९ गतेदेखि आइपीओमा आवेदन खुलाएको थियो । भदौ १३ गतेसम्म आवेदन दिनसकिने व्यवस्था मिलाइएको थियो ।

आइपीओमा आवेदन दिएकाहरुले आफूलाई आइपीओ परे या नपरेको बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटलको वेबसाइट तथा मेरो सेयरको एप बाट हेर्न सकिनेछ । https://iporesult.cdsc.com.np



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.