Advertisement

विश्वकप छनोटमा लगातार आठौं जित निकाल्दै ब्राजिलको अपराजित यात्रा कायमै

0 274

Advertisement

२५ भदौ, एजेन्सी । नेयमार चम्कदा ब्राजिलले अपराजित यात्रा कायमै राखेको छ । खेलमा उत्कृष्ठ प्रदर्शन गर्दै नेयमारले एक गोल र अर्काे गोलको लागि असिस्ट दिएपछि ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोटमा लगातार आठौं जित दर्ता गरेको छ ।

घरेलु मैदानमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलले पेरुमाथि २–० को जित निकाल्दै विश्वकप छनोटमा लगातार आठौं जित दर्ता गर्दै विश्वकपमा छनोटको यात्रालाई थप मजवुत बनाएको हो ।

ब्राजिलको जितमा पहिलो हाफको दुई गोल नै पर्याप्त बन्यो । खेलको १४औं मिनेटमा ब्राजिली क्लब फ्लामेङ्गोका मिडफिल्डर एभर्टन रिवेइरोको गोलबाट ब्राजिलले खेलमा अग्रता लिएको थियो । उनले नेयमारको लो क्रसलाई सदुपयोग गरेका थिए ।

४०औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । रिवेइरोको प्रहारलाई पेरुका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पेनाल्टी बक्समै रहेका नेयमारले सहजै फिनिस गरे । ८१औं मिनेटमा नेयमारको ओभरहेड किक क्रसबार बाहिरियो ।

८६औं मिनेटमा गाव्रियल बर्बाेसाको स्थानमा मैदान छिरेका सब्सिच्युट हल्कले सुवर्ण अवसर खेल फाल्दा ब्राजिलले थप अग्रता बढाउन सकेन ।लगातार आठौं जितसँगै ब्राजिल २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको अपराजित अर्जेन्टिनाको १८ अंक छ । पराजित पेरु ८ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

लियोनेल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई हरायो

यस्तै कप्तान लियोनेल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियालाई ३–० ले पराजित गरेको छ । मेस्सीले ह्याट्रिक पुरा गर्दै दक्षिण अमेरिकामा ब्राजिली लेजेन्ड पेलेको नाममा रहेको कीर्तिमान तोडेको छ । यो जितसँगै दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिनाको ८ खेलबाट १८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ५ जित र ३ बराबरीको नतिजा निकालेको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै कोलम्वियाले घरेलु मैदानमा चिलीलाई ३–१ ले पराजित गरेको छ । कोलम्वियाको जितमा मिगुइल बोर्जाले दुई तथा लुइस डियाजले एक गोल गरे । चिलीका जिन मेनेसेसले एक गोल फर्काए । यो जितसँगै कोलम्विया ९ खेलबाट १३ अंक जोडेर पाँचौ स्थानमा यथावत रहेको छ । पराजित चिली ७ अंकसहित आठौं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा उरुग्वेले इक्वेडरलाई १–० ले पराजित गरेको छ । उरुग्वेको जितमा गास्टन पेरेइरोले खेलको अन्तिम समयमा विजयी गोल गरे । यो जितपछि उरुग्वे ९ खेलबाट १५ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित इक्वेडर १३ अंक जोडेर चौथौ स्थनमा झरेको छ ।

यस्तै अर्काे खेलमा पाराग्वेले भेनेजुएलालाई २–१ ले पराजित गरेको छ । पाराग्वेको जितमा हेक्टर मार्टिनेज र एलेसान्द्रो रोमेरोले गोल गर्दा भेनजुएलाका जोन चान्सेलरएल गोल फर्काए । यो नतिजापछि पाराग्वेको ९ खेलबाट ११ अंक पुगेको छ । भेनेजुएला ४ अंक जोडेर पुछारमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.