Advertisement

भरियालाई बोकाएर अक्सिजनको जोहो

0 687

Advertisement

२५ भदाै, बलेवा । अस्पतालमा कोरोना सङ्क्रमण भएका बिरामी बढेका छन् । सघन उपचारकक्षमा रहेका तीन बिरामीका लागि उच्च गतिमा अक्सिजन दिनुपर्छ । विद्युत् आपूर्ति अनियमित भएकाले अस्पतालको प्लान्टले राम्रोसँग अक्सिजन उत्पादन गर्दैन । पोखराबाट सिलिण्डर भरेर ल्याउन मध्यपहाडी लोकमार्गमा एक साता पहिले खसेको पहिराका कारण समस्या छ ।

अक्सिजनको अभाव हुन नदिन अस्पताल प्रशासनले वैकल्पिक मार्गबाट सिलिण्डर भरेर ल्याउन थालेको छ । पोखराबाट स्याङ्जा हुँदै पर्वतको कटुवाचौपारी ल्याइएका सिलिण्डर बोकेर पर्वत सदरमुकाम कुश्मा ल्याइएको हो । सशस्त्र प्रहरीको सहयतामा कुश्मा ल्याइएका सिलिण्डर त्यहाँबाट सवारीको सहयतामा बागलुङ पुगयाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट शैलेन्द्र विक पोखरेलले बताताउनुभयो । अस्पतालमा अक्सिजन अभाव हुन नदिन पोखरेल आफैँ खट्नुभएको छ ।

“राति १२ बजेसम्म दुई जनाले एउटा सिलिण्डर बोकेर पहिरो छलियो, सशस्त्र प्रहरीले सघाउनुभयो पोखरेल भन्नुहुन्छ, “केही दिन त मौज्दात सिलिण्डरले धाने, बाटो खुल्ने छाँट नदेखेपछि बोकेरै भए पनि सिलिण्डर भरेर ल्यायौँ । अस्पतालले बुधबार मात्रै ३५ ठूला सिलिण्डर पोखराबाट भरेर ल्याएको छ ।

पोखराका कम्पनीले गाडी पठाउन नसकिने जनाएपछि पर्वतबाटै सिलिण्डर बोक्ने गाडी स्याङ्जाको बाटो पठाइएको थियो । कुश्मामा सिलिण्डर निकाल्न सबैभन्दा धरै समस्या भएको पोखरेल बताउनुहुन्छ । सघन उपचारकक्षमा मात्रै होइन, अस्पतालको आइसोलेशनमा समेत कोरोनाका बिरामी छन् ।

अस्पतालमा भरेर राखेका सिलिण्डरको ‘रिप्लेस’ नहुँदा सङ्कट आउने भन्दै विकल्पको खोजी गर्न थालेको अस्पताल प्रशासनले जनाएको छ । बीस बिरामीलाई पुग्ने अक्सिजन अस्पतालमै रहेको प्लान्टबाट उत्पादन हुने भए पनि पहिराकै कारण ठाउँठाउँमा क्षति भएको विद्युत्को प्रसारण लाइन अनियमित हुँदा राम्रोसँग चल्दैन । नयाँ प्लान्ट स्थापनका काम अघि बढेको भए पनि प्लान्ट ल्याउन ढिलाइ हुँदा पोखराबाट अक्सिजन भरेर ल्याउने गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.