Advertisement

उत्तरी मेसेडोनियाको अस्पतालमा आगलागी हुँदा १४को मृत्यु, दर्जनौ घाइते

0 912

Advertisement

२४ भदौ, तेतोभो, मेसेडोनिया । उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी हुँदा कम्तीमा १४ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसबाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको तेतोभो शहरस्थित अस्पतालमा आगलागी भएको हो ।

स्थानीय समय अनुसार बुधबार लागेको आगलागी र यसबाट भएको मानवीय क्षतिबारे मेसेडोनियाली अधिकारीले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् ।

अग्निनियन्त्रकले आधा घण्टाभित्रै आगलागी नियन्त्रणमा लिएपनि घटनामा १४ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएकाका थिए । घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेको स्वास्थ्य मन्त्री वेन्को फिलिपेले बताउनुभयो ।
उहाँले घाइते अवस्थामा उद्धार गरिएका कैयौँ व्यक्ति धुवाँको मुस्लोमा निशासिएर मृत्युवरण गरेको र केहीलाई स्वासप्रश्वासमा समस्या रहेको छ भने करिब एक दर्जन सख्त घाइते अवस्थामा रहेका छन् ।
घटनास्थललाई सुरक्षाकर्मीले घेरेर राखेकोे बताउँदै एक स्थानीयले भने, “सरकारले जानकारी गराएकोभन्दा निकै धेरै क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । मृतक तथा घाइतेका आपन्तजनले घटनाको शीघ्र छानबीन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.