Advertisement

पत्रकार रेग्मीलाई धम्क्याएको र पक्राउ गर्न खोजिएकोप्रति आपत्ति

0 803

Advertisement

२४ भदाै, काठमाडौँ । अनलाइन टीभी पत्रकार सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा हेडलाइन नेपाल टीभीका पत्रकार सञ्जीव रेग्मीलाई केही व्यक्तिले भौतिक कारबाही गर्ने चेतावनी दिएको र काठमाडाँैको स्थानीय प्रशासनले पक्राउ गर्न खोजेकोप्रति विभिन्न सङ्घ संस्थाले आपत्ति जनाएका छन् ।

नेपाल पत्रकार महासङ्घ र अनलाइन टीभी पत्रकार सङ्घले आज छुट्टाछुट्टै वक्तव्य प्रकाशित गर्दै समाचार प्रकाशन गरेकै आधारमा मार्ने धम्की दिनु र धम्की दिनेको झुटो उजुरीका आधारमा प्रहरीले पक्राउ गर्न खोज्नु दुवै आपत्तिजनक रहेको जनाएका हुन् ।

हेडलाइन नेपाल टीभीको कार्यक्रम ‘हेडलाइन विशेष’ मा सागर थापा भन्ने व्यक्तिले ठगी गरेको विषयमा समाचार सामग्री प्रसारण भएपछि थापा सम्बद्ध व्यक्तिहरुले भौतिक कारबाहीको धम्की दिएको र प्रहरीले पक्राउ गर्न खोजेको पत्रकार रेग्मीले जानकारी दिनुभएको छ ।

थापाले विभिन्न ठगी धन्दा गरेकोलगायत विषयमा धेरै पीडित तथा सरोकारवालाले गुनासो गरेको विषयमा समाचार सामग्री प्रसारण भएपछि प्रहरीले थापालाई पनि पक्राउ गरेको छ । थापाले पक्राउ पर्नुअघि र थापाकी पत्नी शान्ति बस्नेत र आफूलाई सामाजिक अभियानकर्मी बताउने सिर्जना वाग्ले पक्राउपछि फोन तथा सामाजिक सञ्जालबाट भौतिक कारबाहीको धम्की दिएको पत्रकार रेग्मीले बताउनुभयो ।

साथै थापा पत्नी शान्तिले प्रमाणविना झुटो आरोप लगाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा उजुरी गरेकै आधारमा पत्रकार रेग्मीलाई पक्राउका लागि प्रहरी अधिकारी टीभीको कार्यालयमा जानुका साथै कार्यालय र निवासमा निगरानी गरिरहेको दुवैको वक्तव्यमा जनाइएको छ ।

महासङ्घका महासचिव रोशन पुरी र सङ्घका महासचिव पवन फुँयालद्वारा जारी वक्तव्यमा प्रसारित समाचार सामग्रीप्रति चित्त नबुझे कानूनी उपचारमा जान सकिने व्यवस्था हुँदाहुँदै पत्रकार रेग्मीलाई एकातिरबाट भौतिक कारबाहीको धम्की र अर्कोतिर राज्य पक्षबाट पक्रने प्रयास प्रेस स्वतन्त्रताविपरीत भएको उल्लेख गरिएको छ ।

कानूनविपरीत दुवै पक्षबाट भएका गतिविधि तत्काल रोक्न र पत्रकार रेग्मीको सुरक्षाको ग्यारेन्टी गर्न महासङ्घ र सङ्घले सरोकारवाला सबैसँग माग गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.