Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बालुवाटारमा सत्तारुढ चार दलको बैठक

0 95

२४ भदाै, काठमाडाैँ । सत्तारुढ चार दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दियो। चार दलको बैठक अघि प्रधानमन्त्री देउवा र प्रचण्डबीच छलफल भएको थियो।

सत्तारुढ दलका शीर्ष नेताहरुबीच मन्त्रिपरिषद विस्तार, एमसीसी लगायतका विषयमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ। प्रचण्ड, नेपाल र यादवबीच बिहीबार बिहान उपेन्द्र यादवको निवास हात्तीवनमा छलफल भएको थियो।

गठबन्धनमा खटपट भएको चर्चा चलिरहँदा तीन नेताहरुबीच छलफल भएको हो। छलफलपछि उनीहरु देउवालाई भेट्न बालुवाटार पुगेका हुन्। अबको हप्ता दिनभित्रै मन्त्रिपरिषद विस्तार हुने नेताहरुले बताएका छन्।

यसअघि जनप्रतिनिधिलाई दल छान्न दिएको समय सकिए लगत्तै सरकार विस्तार हुने नेताहरुले बताएका थिए। २२ गते दल रोज्न दिएको समय सकिएपनि सरकार विस्तार हुन सकेको छैन।देउवा नेतृत्वको गठबन्धन सरकार बनेको दुई महिना हुनै लाग्दासमेत सरकारले पूर्णता पाउन सकेको छैन। 



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.