Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

बेनेलीको दशैंमा थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर

0 65

२४ भदौ, काठमाडौं । इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं तथा तिहारलाई लक्षित गरी नयाँ अफर ल्याएको छ । जस अन्तर्गत कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएको हो । अफर बेनेली ब्राण्डका सबै मोटरसाइकलको खरिदमा लागू हुनेछ ।

यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किने पछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ ।

पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले नै घरैबाट समेत क्युआर कोड स्क्यान गर्न सकिन्छ । मोटरसाइकल किन्न चाहने वा नचाहनेले समेत क्यूआरकोड स्क्यान गर्न सक्नेछन् । बेनेलीको शोरुममै पुगेर पनि स्क्यान गर्न सकिन्छ । यसरी स्क्यान गर्दा १ लाख रुपैयाँसम्म जित्ने अवसर प्राप्त हुनेछ ।

त्यसैगरी मोटरसाइकल किन्ने निश्चित भइसकेपछि वाक इन डिस्काउन्ट अफर प्राप्त हुनेछ । ग्राहकलाई स्क्रायच कार्ड प्रदान गरिने छ । र, सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ ।

त्यसैगरी मोटरसाइकल किनिसकेपछि ग्राहकलाई ५ हजार रुपैयाँसम्मको अमेजिङ गिफ्ट पाउन सक्नेछन् । यसवापत हेल्मेट र अन्य विभिन्न गिफ्ट प्रदान गरिने छ । विभिन्न प्रकारको गेम खेलाएर ग्राहकलाई यस्ता गिफ्ट प्रदान गरिने कम्पनीको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.