Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

गोकर्णेश्वर नगरपालिकाद्वारा असहाय गाई वाछाबाछी संरक्षण तथा नदी सफाई अभियानको संयोजकमा उत्तम पुडासैनी मनोनित

0 166

२४ भदौ, काठमाडौं । समाजिक सेवामा सक्रिय उत्तम पुडासैनीलाई गोकर्णेश्वर नगरपालिकाले असहाय गाई वाछाबाछी संरक्षण तथा नदी सफाई अभियान को संयोजकमा मनोनित गरेको छ ।

सामाजिक अभियन्ता पुडासैनी विगत लामो समयदेखि मानव अधिकार तथा शान्ती समाज, बागमती नदी सरसफाई, असहाय बाच्छाबाच्छीहरुको संरक्षण र जनहितका सामाजिक कार्यहरुमा लगनशीताका साथ उल्लेखनीय भूमिका निर्वाह गर्दै आउनु भएको थियो ।

उहाँ सामाजिक अभियन्तारुपमा सामाजिक सेवामा सक्रिय रहदै आनुभएको छ । उनको सामाजिक कार्य, काम तथा योगदानलाई मध्यनजर गर्दै गोकर्णेश्वर नगरपालिकाको असहाय बाच्छा बाच्छी संरक्षण तथा बागमती नदी सफाई अभियानको संयोजक मनोनयन गरिएको गोकर्णेश्वर नगरपालकिाका मेयर सन्तोष चालिसेले बताउनुभयो ।

बुधबार नगरपालिकाले अन्तर्राष्ट्रिय साक्षरता दिवस २०२१ को अवसरमा साक्षर नगरपालिका घोषणा कार्यक्रममा उक्त कार्यको जिम्मेबारी दिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.