Advertisement

एकीकृत समाजवादीको सांसद कायम गराउन माग गर्दै परेको रिट सिन्हाको इजलासमा

0 527

Advertisement

२४ भदाै, काठमाडाैँ । नेकपा (एमाले)का सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले आफूहरुलाई नेकपा (एकीकृत समाजवादी)को सांसदमा कायम गराउन माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको रिट पेसीमा चढेको छ।

रिट सुनुवाइका लागि बिहीबार न्यायाधीश अनिल कुमार सिन्हाको इजलासमा पेसी तोकिएको छ। बुधबार प्रतिनिधिसभा सदस्य पाण्डे र राष्ट्रिय सभा सदस्य भट्टले सर्वोच्चमा रिट दिएका थिए। आफूहरुले एकीकृत समाजवादी रोजे पनि निर्वाचन आयोगले सनाखत नगरेको भन्दै उनीहरु सर्वोच्चमा गएका हुन्।

रिटमा उनीहरुले अन्तरिम आदेशको माग गरेका छन्। रिटमा उनीहरुले मुद्दाको किनारा नलाग्दासम्म एमालेले गर्नसक्ने कारबाही रोक्न पनि माग गरेका छन्।

निर्वाचन आयोगमा निवेदन दिँदा नाम उल्लेख नभएका उनीहरु पछि सनाखतको समयमा भने उपस्थित भएका थिए। आयोगले सुरुको निवेदनमा नाम नभएको भन्दै सनाखत गर्न अस्वीकार गरेको थियो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.