Advertisement

‘अफगानी महिलालाई खेलकुदको आवश्यकता छैन’- तालिबान

0 543

Advertisement

२४ भाद्र, अफगानिस्तान । अफगानिस्तानको शासन सत्ता तालिबानको हात लागेसँगै महिला खेलकुदमा प्रतिबन्ध लगाइने निश्चित भएको छ।

तालिबानले अफगानी महिलालाई क्रिकेट तथा अन्य खेल खेल्न रोक लगाउने भएको छ। खेल खेल्दा शरीरको केही भाग देखिने भएको कारण महिलालाई खेलकुदमा प्रतिबन्ध लगाइने भएको हो।

तालिबानका सांस्कृतिक विभागका उप-प्रमुख अब्दुल्लाह वासिकले अफगानी महिलालाई क्रिकेटको आवश्यकता नभएको जानकारी दिएका छन्। “मलाई लाग्दैन अफगानी महिलालाई क्रिकेटको आवश्यकता छ, सो कारण उनीहरूलाई सो खेलमा रोक लगाइने छ”, वासिकले अस्ट्रेलियन समाचार एसबीएसलाई बताए।

यससँगै अफगानिस्तानको राष्ट्रिय महिला क्रिकेट टोलीको भविष्य अन्योलमा परेको छ। अफगानिस्तान क्रिकेट संघले पनि आफूलाई महिला क्रिकेट बारे कुनै पनि जानकारी नआएको बताएको छ।

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को पूर्ण सदस्यता प्राप्त अफगानिस्तानको अब सदस्यतामै प्रश्न चिन्ह लागेको छ। आईसीसी सदस्यता प्राप्त गर्न कुनै पनि देशको राष्ट्रिय महिला तथा पुरुष दुवै टोली हुनु पर्ने नियम रहेको छ।

यसैबीच अफगानिस्तान पुरुष क्रिकेट टोली भने नभेम्बरमा अस्ट्रेलियाको भ्रमण गर्ने तयारीमा रहेको छ। अफगानिस्तानले अस्ट्रेलियासँग टेस्ट सिरिज खेल्ने तालिका रहेको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.