Advertisement

एमसीसीको जवाफ : आन्तरिक सुरक्षा मामिलामा कुनै हस्तक्षेप हुँदैन

0 994

Advertisement

२३ भदौ, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले नेपालको आन्तरिक सुरक्षा मामिलामा कुनै पनि हस्तक्षेप नहुने जवाफ पठाएको छ ।

नेपालले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सोधेको प्रश्नको जवाफ एमसीसीले बुधबार पठाएको हो । अर्थ मन्त्रालयले ३ सेप्टेम्बरमा एमसीसीलाई विभिन्न ११ वटा प्रश्नसहित एमसीसी सम्झौताबारे स्पष्ट पार्न भनेको थियो ।

नेपालले सोधेका प्रश्न र त्यसको जवाफ समावेश गरेर एमसीसीले ११ वटै प्रश्नको जवाफ दिएको छ । एमसीसी कम्प्याक्ट नेपालको संविधानभन्दा माथि नरहेको, त्यसको लेखापरीक्षण नेपालको महालेखा परीक्षणले गर्न पाउने, आन्तरिक सुरक्षा मामिलामा कुनै हस्तक्षेप नहुने जवाफ पठाएको छ ।

एमसीसीकी उपप्रमुख फातिमा सुमारले अर्थमन्त्री शर्मालाई पत्र लेखेर जवाफ दिएकी हुन् । सुमार विहीबार नेपाल आउँदैछिन् । उनले नेपाल आउनुअघि एमसीसीबारे सोधिएका प्रश्नको जवाफ दिएकी हुन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.