Advertisement

कोभिड–१९ को खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गरौँ’

0 783

Advertisement

२३ भदाै, काठमाडाैँ । विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एशिया क्षेत्रका देशलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमको पनि परिमाण विस्तार गर्नका लागि अपिल गरेको छ ।

नेपालको आयोजनामा जारी क्षेत्रीय सङ्गठन समितिको ७४औँ बैठकमा क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भन्नुभयो, “महामारीको कारणले गर्दा खोपद्वारा रोकथाम गर्न सकिने रोग सम्बन्धित खोप सेवा तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले यी रोगको जोखिम बढिरहेको छ । यस सम्बन्धमा विभिन्न प्रयास भए पनि अझ धेरै गर्नुपर्ने आवश्यकता छ, विशेषगरी उपराष्ट्रिय तहमा र यी सेवाहरू नपुगेका वा पर्याप्त मात्रामा नपुगेका जनसङ्ख्यासम्म पुग्न अपरिहार्य भएको छ ।

बैठकमा दक्षिणपूर्वी एशिया क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल भइरहेको छ । सो कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणाली तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगको निगरानीको पुनःस्थापनामा केन्द्रित छ । कोभिड–१९ विरुद्धको खोपसम्बन्धी प्रयासलाई असर नपारी नियमित खोप कार्यक्रम कायम राख्न तथा अभिवृद्धि गर्नका लागि आफूहरूसँग रणनीति भएको सुनिश्चित गर्नुपर्ने डा सिंहले बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.