Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

कर्णालीका ३४२ जनप्रतिनिधि नेकपा (एकिकृत समाजवादी) मा

0 101

२३ भदौ, कर्णाली । कर्णालीका तीन प्रदेशसभा सदस्यसहित ३४२ जनप्रतिनिधिले नवगठित नेकपा (एकिकृत समाजवादी) रोजेका छन् । निर्वाचन आयोगले दिएको समयसीमाभित्र ती जनप्रतिनिधिले नेकपा (एमाले) त्यागेर एकिकृत समाजवादीका पक्षमा सनाखत गरेका हुन ।
कर्णाली प्रदेशसभामा अब एकिकृत समाजवादीका तीन सदस्य कायम भएका छन् ।

प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवी ओली र पदम रोकायाले एमाले त्यागेर नयाँ दल रोज्नुभएको हो । स्थानीय तहतर्फ ३३९ जनप्रतिनिधिले एकिकृत समाजवादी रोजेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले स्थानीय तह अन्तर्गत सुर्खेतका १५, दैलेखका ६३, जाजरकोटका १०, कालीकोटका ६५, हुम्लाका ५, मुगुका २८, जुम्लाका ४४, डोल्पाका ४२, सल्यानका ६४ र रुकुम पश्चिमका ३ जना रहेको जानकारी दिनुभयो ।

त्यस्तै, सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका ९, चौकुने गाउँपालिकाका ३, पञ्चपुरी नगरपालिकाका २ र भेरीगंगा नगरपालिकाका १ जनाले एकिकृत समाजवादी रोजेका छन् ।

सुर्खेतका ९ स्थानीय तहमा गरी ९९ वडा छन् । एमालेले सिम्ता, लेकवेशी, चौकुनेमा प्रमुख÷उपप्रमुख तथा र वीरेन्द्रनगरमा उपप्रमुख जितेको थियो । प्रमुख÷उपप्रमुख सबै एमालेमै रहेका छन् भने एमालेले जितेका ४३ वडामा चार वडाध्यक्ष र वडा सदस्य ११ जनाले समाजवादी पार्टी रोजेका हुन ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.