Advertisement

वागमतीमा मन्त्रिपरिषद् विस्तार, ६ मन्त्री र ४ राज्यमन्त्री नियुक्त

0 358

Advertisement

२३ भदाै, वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्रीले आज छ मन्त्री तथा चार राज्यमन्त्री थप गर्नुभएको हो । प्रदेशका नेकपा (एमाले)का संसदीय दलका मुख्यसचेतक दीपक निरौलाले नवनियुक्त मन्त्रीले आजै सपथग्रहण गर्नुहुने जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्मा एक मन्त्रीसहित दुई राज्यमन्त्री महिला हुनुहुन्छ । आर्थिक मामिला तथा योजनामन्त्रीमा रचना खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्रीमा डा अजयक्रान्ति शाक्य, भौतिक पूर्वाधार, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा शान्तिप्रसाद पौडेल, सामाजिक विकासमन्त्रीमा विजयराज सुवेदी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा चन्द्रबहादुर लामा र स्वास्थ्यमन्त्रीमा प्रदीप कटुवाल नियुक्त हुनुभएको छ ।

प्रदेश सरकारका प्रवक्ता केशवराज पाण्डेका अनुसार भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जीवन खड्का, सामाजिक विकास राज्यमन्त्रीमा जुनेली श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा सरस्वती बाटी र भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा बद्री मैनालीलाइ नियुक्त हुनुभएको छ । सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई अलग गरिएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.