Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

हलिउडका चर्चित अभिनेता माइकल केविलियम्सको निधन

0 172

२२ भदाै, हलिउड । हलिउडका चर्चित अभिनेता माइकल केविलियम्सको निधन भएको छ । ५४ बर्षीय अभिनेतालाई न्युयोर्क शहरमा रहेको आफ्नै अपार्टमेन्टमा पुलिसले मृत अवस्थामा फेला पारेको हो । अहिलेसम्म उनको मृत्युको कारण खुल् नसकेको न्युयोर्क पुलिस विभागले जनाएको छ ।

‘पुलिसले सेप्टेम्बर ६ दिउँसो २ बजे ब्रुकलिनको विलियम्स अपार्टमेन्टबाट आपतकालीन फोन प्राप्त गर्यो । त्यसपछि पुलिस अभिनेताको घर पुगेको थियो । प्रहरी पुग्दा उनी मृत भेटिए’ न्युर्योक पुलिस विभागका प्रवक्ता लेफ्टिनेन्ट जो गिमोएलले भने ।

प्रहरीले घटनास्थलबाट लागु औषध समेत बरामद गरेको छ । अभिनेता ड्रग्सको ओभरडोजबाट मरेको हुन सक्ने पुलिसको आशंका रहेको छ ।

पुलिसले उनको शव नियन्त्रणमा लिएर पोस्ट मार्टमका लागि पठाएको छ । पुलिसले अहिले यो बिषयमा अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.