दार्चुला घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा सरकारले पठायो भारतलाई कूटनीतिक नोट

0 578

२२ भाद्र, काठमाडौं । सरकारले दार्चुला तुइन घटना र नेपाली आकाशमा हेलिकोप्टर उडाएको विषयमा कूटनीतिक नोट पठाएको छ । दार्चुलामा भारतका एसएसबीले तुइन चुडाउँदा जयसिंह धामी बेपत्ता भएको विषयमा सरकारले झन्डै दुई महिनापछि भारतलाई कूटनीतिक नोट पठाएको हो । दार्चुला घटनाको विषयमा सरकार मौन बसेपछि सर्वत्र आलोचना भएको थियो ।

सरकारले परराष्ट्र मन्त्रालयमार्फत दुवै पत्र कूटनीतिक च्यानलमार्फत पठाइएको उच्च स्रोतले जानकारी दियो । गृह मन्त्रालयले सहसचिव जनार्दन गौतम नेतृत्वको छानबिन समितिको प्रतिवेदन पठाएपछि परराष्ट्र मन्त्रालयले भारतलाई कूटनीतिक नोट पठाएको हो ।

१५ साउनमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिँदा दार्चुलाको व्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएपछि सरकार सो घटनाको विषयमा डेढ महिना मौन बसेको थियो ।

गत साता मात्रै गृह मन्त्रालयका सहसचिव नेतृत्वको छानबिन समितिले दार्चुला घटनाको विषयमा कूटनीतिक तवरमा हल गरिनुपर्ने सुझाव दिएपछि परराष्ट्र मन्त्रालयले कूटनीतिक नोट पठाएको हो ।

समितिले एसएसबीको उपस्थितिमा घटना भएको र थप अनुसन्धान गरी दोषीलाई कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन सिफारिस गरेको छ । समितिले प्रतिवेदन बुझाएपछि भारतका विदेश विभागका प्रवक्ता अरविन्दम बाग्छीले पत्रकार सम्मेलनमा आफूहरूलाई औपचारिक रूपमा महाकालीको घटनाको विषयमा कुनै जानकारी नभएको बताएका थिए । राजधानी

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.