Advertisement

५० वर्षपछि ओभलमा भारतले १ सय ५७ रनको जीत हासिल गर्दै रच्यो इतिहास

0 1,393

Advertisement

२२ भदाै, एजेन्सी । इंग्ल्याण्डबीच केनिङटन ओभलमा भएको चौथो टेस्ट भारतले १ सय ५७ रनको जीत हासिल गरेको छ । खेलमा भारतले इंग्ल्याण्डलाई जीतका लागि ३६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, इंग्ल्याण्डको टोली मात्र २ सय १० मा समेटियो ।

जीतसँगै भारतले शृङ्खलामा २–१ को अग्रता बनाएको छ । ५० वर्षपछि भारतीय टोलीले ओभल मैदानमा कुनै टेस्ट जितेको हो । इंग्ल्याण्डलाई सस्तोमा समेट्न उमेश यादवले ३ तथा जसप्रीत बुमराह, शार्दूल ठाकुर र रवीन्द्र जडेजाले २–२ विकेट लिए ।

कुनै समय इंग्ल्याण्ड मजबुत स्थितिमा रहेको थियो । खेल बराबरी गर्न इंग्ल्याण्ड सफल हुन्छ कि भन्ने देखिएको थियो । तर, मध्यक्रमका ब्याट्सम्यानले निराश प्रदर्शन गरे । इंग्ल्याण्डले ५२ रनमा एकपछि अर्को गर्दै ६ विकेट गुमायो ।

खेलमा जसप्रीत बुमराह भारतका लागि सबैभन्दा चाँडो १०० विकेट लिने खेलाडी बनेका छन् । उनले मात्र २४ खेलमा यो उपलब्धि हासिल गरेका हुन् । यसअघि, कपिल देवले २५ खेलमा १ सय विकेट लिने रेकर्ड बनाएका थिए ।

भारतले पहिलो पारीमा १ सय ९१ भने इंग्ल्याण्डले पहिलो पारीमा २ सय ९० रन बनाएको थियो । जवाफमा भारतले दोस्रो इनिङमा ४ सय ६६ रनको विशाल योगफल खडा गर्न सफल भएको थियो । म्यान अफ द म्यान घोषित रोहित शर्माले १२७ रन बनाउँदै टोलीलाई मजबुत स्थितिमा पुर्याएका थिए । योसँगै उनी इंग्ल्याण्डमा भारतका लागि सर्वाधिक शतक बनाउने खेलाडी बने । उनले इंग्ल्याण्डमा ९ वटा शतक बनाइसकेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.