Advertisement

आज कुशे औँसी बुबाको मुख हेर्ने दिन

0 953

Advertisement

२२ भदाै, काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर-घरमा भित्र्याएर मनाउँदैछन् ।

मिति २०७८ साल भाद्र २१ गते सोमबार प्रात: ६ / ५६ बजेसम्म चतुर्दशी र त्यस उप्रान्त औंसी तिथी भएको हुनाले औंसी श्राद्ध यो दिन गर्नु पर्दछ। २२ गते मंगलबार{औंसी }भाद्र कृष्णपक्ष कुशेऔंसी तिथी प्रात : ६ / २५ बजेसम्म त्यस उप्रान्त भाद्रशुक्ल प्रतिपदा तिथी आरम्भ हुने भएकोले यो दिन स्नान दानका लागि मात्र औंसी हो । पिताको मुखहेर्ने दिन वैदिक हिन्दु परम्परा अनुसार कुशेऔंसी हो।यो दिन वैदिक हिन्दु धर्मालम्वीहरुले सर्वप्रथम गंगामागई मन्त्र {मननात् त्रायते यत् तत् मन्त्रम्}अर्थात् जसको मनन गर्नाले रक्षा हुन्छ त्यहिनै मन्त्र हो। यो पढेर माटोले {अश्वक्रान्ते रथक्रान्ते विष्णुक्रान्ते वसुन्धरे ! मृत्तिके हन मे पापं दुष्कृतं कृतम्।}अर्थात् घोडाको टापको, हात्तिको पाइलाको ,रथमुनिको धुलो ,तुलशिमोठको , दोवाटो , चौवाटोको माटोले मैले स्नान गर्दैछु हे मृत्तिके{हे माटो } मेरो दुष्कृत {नराम्रो }पापहरु सवै हटाई दिनुहोस भनि शरीरमा दलेर स्नान गर्नु पर्दछ। त्यसपछि पवित्र धारण गरि टिका ग्रहण गरेर आफ्नो जप गरिसकेर भगवानको नित्यपूजा गर्नुपर्दछ।

स्नाने दाने जपे होमे स्वध्याये पितृकर्मणि
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने ।।

अर्थात्ः नुहाउँदा, जप स्नान गर्दा, दान गर्दा, पाठ–पूजा, पितृ कार्यमा समेत प्रयोग हुने बहुपयोगी कुशलाई हिन्दू धर्मावलम्बीहरूले महत्वका साथ हेर्दछन् ।

वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मिक महत्वको पवित्र वनस्पति हो, जसको वैज्ञानिक महत्व पनि प्रमाणित भइसकेको छ । वैज्ञानिक भाषामा भ्चबनचयकतष्क अथलयकगचयष्मभक भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारिलो घाँस हो । नेपालको तराईदेखि पहाडसम्म सहजै पाइने वनस्पति कुशको जराबाट विभिन्न प्रकारका औषधी पनि बनाइन्छ । परापूर्वकालमा पाठशालामा अध्ययनरत शिष्यशिष्याहरूको परीक्षा लिने क्रममा कुशको धारिलो घाँसलाई खाली हातले काट्न लगाइन्थ्यो । यसो गर्दा कुशको धारले हात नकाटीकन जसले कुश भेला पार्न सक्थ्यो, उसलाई अव्बल मानिन्थ्यो । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुवैमा अनिवार्य वनस्पति हो ।

आज औँशी अर्थात चन्द्रविनाको चूक झैँ अँध्यारो रात, आजको दिन बिहानै कुशलाई घरमा भित्र्याइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ । हिन्दू धर्मको दैनिकी र संस्कारहरू अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननी हुन् । आधुनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि सनातन संस्कार र व्यवहारिक पक्षलाई घनीभूत आत्मसात् गर्न थालेका छन् ।

एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठी कुशलाई विकीरणमाँझमा राख्दा कुशले सम्पूर्ण विकीरण आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहाीिक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिक रुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औँठी र अन्य सांस्कृतिक प्रयोगमा एकपछि अर्काे पिढीले हिन्दू धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्छ । दाहिने हातको औँलामा कुशलाई आँंैठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकीरणहरू निस्तेज गर्ने विश्वास र विज्ञानतः प्रमाणित सिद्धान्तहरूले स्पष्ट पार्छन् ।

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।
अर्थात्ः आमा, बुवा, गुरु सबै भगवान हुन् ।

कुशे औँसीलाई बुबाको मुख हेर्ने औँसी पनि भनिन्छ । आमाको मुख हेर्ने दिनमा आमाको सम्झना गरियो । गुरु पूर्णिमामा गुरुको सम्झना गरियो भने आजको दिन पिताको सम्मान, सम्झना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ । बिहान उदाएका सूर्य अस्ताउने रीत छ । यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुबा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।

चाहे जुनसुकै धर्म या सम्प्रदायका भएपनि बुबाको हात समातेर तोती बोली बोल्दै लरबरिएका पाइला चाल्न सिकेको हामीमध्ये धेरै छौँ । त्यसरी ताते–ताते गरेर हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिन–रात अहोरात्र खटेर हामीलाई कर्म दिने अनि सुरक्षा दिने बुबा । सायद, शब्दले ब्याख्या गर्न सकिन्न । तिनै बुबाहरूको बुढेसकालको बलियो लाठी बन्न हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौँ होला ! जे होस् आमा–बुबा नै यस जगतका देख्न सकिने भगवान हुन् । आजका दिन पृथ्वीलोकका सम्पूर्ण पिताहरूलाई स्मृति गर्दै कोटी–कोटी नमन गरौँ ।

‘यी छोराछोरी बढ्लान् । कमाई गर्लान् र दूधभात देलान् मलाई’ भनेर हरेक आमा–बाबुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन् । सानामा आफूले थाङ्गना धोएर, को खाई को खाई गरेर खुवाएर, रुँदा फकाएर, माया गरेर हुर्काएको छोराछोरीहरूले पछि हुर्किएर आफूलाई दूधभात अर्थात् मिठो पोषिलो खानेकुरा देलान् र माया गरेर राख्लान् भन्ने आशा हुन्छ ।

एउटा सामान्य मानव जीवन आधा राम्रो छोराछोरी बन्ने उत्कट चाहना र आधा राम्रो बुबा–आमा बन्ने अभ्यासमै बित्छ । कर्तब्यको यो जीवन स्वरुपमा बुबा–आमाको महत्व धेरै हुन्छ । एउटा बच्चाले सफा र फोहोर जान्दैन । लगाएको लुगामै पनि दिशा–पिशाप गरिदिन्छ । ती सबै फोहोरहरूलाई सफा गर्दै बुबा–आमाले छोराछोरीहरूलाई नुहाईधुवाई पुनः सफा कपडा लगाइदिन्छन् । त्यसरी हुर्केको बच्चाले भविष्यमा ठूलो भएर आफ्ना बुबा–आमाको ख्याल राख्छ, माया दिन्छ अनि सम्मान पनि । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । हाम्रो माता–पिताप्रतिको जिम्मेवारी हामीले उहाँहरूको हामीप्रतिको लगाव र प्रेमले झन् प्रगाढ बनाउँछ ।

कुशे औँसीका दिन पिताको भौतिक उपस्थिति हुने छोराछोरीले उनको मुख हेरेर मिठाई, फलफूल, कपडा आदि उपहार दिने र परदेशमा हुने छोराछोरीले फोनबाटै पनि कुरा गर्छन् भने भौतिक रूपमा अस्त भइसकेका पिताहरूलाई छोराछोरीहरूले तस्बिर हेरेर अथवा विभिन्न धार्मिकपीठ, देवालय जस्तैः गोकर्णेश्वर महादेव, रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका तथा सुनसरीको बराहक्षेत्र लगायतका पवित्र तीर्थस्थल पुगेर स्थान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई सिदा दान गरी अध्यात्मिक चिन्तनबाट समेत सम्झना गर्ने गर्छन् ।

हरेक धर्ममा आ–आफ्नै चलन छ, तर चलन जेसुकै भएपनि बुबाप्रतिको आदर, सत्कार र सामीप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै छ । हामी आफ्ना बुबाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरूका शिवाय अरु केही पनि हैनौँ । हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरू हाम्रा मातापिताबाट धेरै नै नजिक हुन्छ । ती सपना र सम्भावनाका प्रदायक, जीवन श्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुबाहरूलाई समर्पण–स्मृति ।

बढ्दो आधुनिकतासँगै बुबा आमाहरूलाई बृद्धाश्रममा राख्ने, समय र श्रोतका अभावमा हेला गर्ने अनि झर्को–फर्को मान्ने चलन बढेर गइरहेका छन् । अनि बुबालाई हेला गर्ने र चित्त नपुर्याउने कर्म जगतलाई पक्कै मान्य छैन । हामी पनि एकदिन बुबा या आमा हुन्छौँ । तसर्थ, हामीले जे गर्छाैं त्यही नै आफ्ना भावी सन्ततिबाट पछि प्राप्त गर्दछौं । आउँदा पुस्तामा पनि पितृमोहका भावना अझ प्रगाढ पार्न आजका पुस्ताले पितृप्रतिको दायित्व पूरा गर्नुपर्ने महत्व र आवश्यकता झन् बढ्दै गएको छ ।

बुबाको माया गर्न धर्मले पक्कै बाँधेको छैन । समयले छेकेको छैन । अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्न सक्दैन । हिउँको कठ्यांग्रिदो चिसो ठन्डीमा हुनुहुन्छ, हावा–हुरी बतासमा हुनुहुन्छ, मरुभूमिको गर्मीमा हुनुहुन्छ, समुन्द्र तटमा हुनुहुन्छ या नेपालमै अवसरहरूसँग पैँठेजोरी खेल्दै हुनुहुन्छ भने जन्म दिने बुबालाई एकफेर खुशीसाथ स्मरण गरौँ । उहाँलाई आफूले माया गरेको कुरा आफ्ना अनन्यहरूलाई जानकारी दिउँ र एकफेर बाल्यकालका यादहरू सम्झेर मुस्काऔँ न, हुँदैन र ?

सामाजिकीकरण, सभ्यता र संस्कारको यो चक्रमा मान्छे कहिले अभिभावक हुन्छ, असल छोराछोरी र असल बुबा–आमा बन्न सकौँ । सबैलाई शुभेच्छा ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.