कांग्रेसले बोलायो संसदीय दलको बैठक
२१ भदाै, काठमाडाैँ । सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बुधबार बोलाइएको संसद बैठकका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो।
बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ। संसद भवनको ल्होत्से हलमा बैठक बस्ने भएको छ। संसद बस्नु अघि संसदीय दलको बैठक बस्ने कांग्रेसको परम्परा बनेको छ।बुधबार अपरान्ह ४ बजेका लागि संसदको बैठक डाकिएको छ।