Advertisement

तीन कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला

0 919

Advertisement

२१ भदाै, काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन वटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ । कम्पनीको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा विक्री खुला भएको हो ।

बैंकले नागरिक लगानी कोषको ३ लाख ८१ हजार ९०२ कित्ता, आरएमडीसी लघुवित्तको ३ लाख ५ हजार ६५ कित्ता र मेरो माइक्रोफाइनान्सको ८४ हजार ८२९ कित्ता शेयर विक्री गर्न लागेको हो । उक्त संस्थापक शेयर भदौ ३१ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

नागरिक लगानी कोषको न्यूनतम मूल्य १ हजार २९४, आरएमडीसी लघुवित्तको प्रतिकित्ता ५४१ र मेरो माइक्रोफाइनान्सको प्रतिकित्ता ५२९ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।

आरएमडीसी लघुवित्तको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १ हजार कित्ता तथा नागरिक लगानी कोष र मेरो माइक्रोफाइनान्सको १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीले यसअघि भदौ ४ गतेदेखि भदौ १८ गतेसम्म लिलामीमा विक्री खुला गर्दा विक्री हुन नसकेको उक्त शेयर पुनः लिलामीमा विक्री खुला गरेको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.