Advertisement

महँगियो तरकारी

0 721

Advertisement

२१ भदाै, काठमाडौँ । तीजको मुखमा तरकारीको भाउ महँगिएको छ । डेढ साताअघि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि भाउ बढेको होध्र
बाढीपहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भाउ आकाशिएको व्यापारी बताउँछन् । 

 कालीमाटीका थोक व्यापारी गीताप्रसाद आचार्यले पछिल्लो साता तरकारी महँगो हुनुुको मुख्य कारण आयात नियमित नहुनुु नै भएको बताउनुुभयो । उहाँले भन्नुुभयो, तरकारी बजारमा नआएको होइन आएको छ तर बिहान आउनुपर्ने तरकारी बेलुुका आउँछ जसले गर्दा कतिपय तरकारी कुुहिएर फाल्नुुपरेको पनि छ । यसले गर्दा पनि महँगो भएको छ ।

निषेधाज्ञाको अन्त्य भएसँगै बजारमा मानिसको चहलपहल बढ्नुुका साथै महिलाको महानपर्व तीजमा होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस खुलेकाले तरकारीको माग पनि पहिलेभन्दा अझै बढेको आचार्यले बताउनुभयो । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार केही दिनदेखि गोलभेँडाबाहेक अन्य तरकारीको भाउ महँगो भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् ।

समितिका अनुसार भदौको पहिलो साता प्रतिकेजी २०/२५ रुपियाँमा पाइएको भिन्डी बढेर अहिले थोकमै ७० रुपियाँ पुुगेको छ । काँक्रो, सिमी, करेला पनि ३०/४० रुपियाँबाट बढेर ८० देखि ९० रुपियाँ पुुगेको छ । काउली, बन्दा, घिरौँला, लौकालगायतका तरकारीको भाउ पनि महँगो भएको समितिले जनाएको छ ।

गोलभेँडा भने प्रतिकेजी २५/३० रुपियाँबाट घटेर थोकमा २०/२२ रुपियाँमा झरेको छ । समितिका अनुसार शनिवार बजारमा झन्डै एक हजार एक सय मेट्रिक टनको हाराहारीमा बजारमा तरकारी भित्रिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको आयात घटेरभन्दा पनि माग बढेर भाउ महँगिएको बताउनुुभयो । नियमित आउनुपर्ने तरकारी बजारमा समयमै नआउँदा धेरै बिग्रेर फाल्नुुपर्ने अवस्थाले गर्दा पनि महँगो भएको उहाँको भनाइ छ ।

कलङ्कीबाट कालीमाटी बजारमा तरकारी किन्न आउनुभएकी रीता सुवेदीले तीजको मुखमा तरकारी र फलफूलको मूल्य महँगिएको सुनेर अलमलमा परेको बताउनुभयो । दरलाई भनेर तरकारी फलफूल किन्न आएकी महँगीले गर्दा के किन्ने भन्ने नै अन्योल भयो, उहाँले भन्नुभयो । वरपरको पसलमा राम्रो तरकारी नपाएपछि कालीमाटीमै आइपुग्नुभएकी उहाँले महँगो तिरेर पनि राम्रो तरकारी नपाएको गुनासो गर्नुभयो । डेढ साताअघिसम्म एक सय रुपियाँमा एक झोला तरकारी आउने गरेकोमा अहिले भने महँगिएर एक केजी मुुस्किलले आउने गरेको उहाँको अनुुभव छ ।

व्यवसायीले पसलैपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । बजारमा खुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ । बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो । विभागले प्रभावकारी रूपमा अनुगमन गरेको देखिँदैन । बजारभाउ बढ्नुमा सरकारी निकाय मौन बसेको आरोप उपभोक्ताकर्मीहरू बताउँछन् ।

उपभोक्ता अधिकारकर्मी माधव तिम्लिसेनाले तरकारी भाउ पसललै पिच्छे तरकारी र फलफूलको भाउ हुँदा पनि यसको सरकार निकायबाट अनुगमन हुुन नसक्नुु विडम्बना हो भन्नुभयो ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक शिवप्रसाद सेढाईंले सोमबार/मङ्गलबारदेखि नै कृषिसँग सहकार्य गरेर तरकारी र फलफूलको मूल्य अनुुगमन गर्ने जानकारी दिनुुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.