Advertisement

बालविवाह न्यूनीकरणमा स्थानीय तहको ध्यान गएन

0 283

Advertisement

२० भदाै, खलङ्गा । एक नगरपालिकासहित सात गाउँपालिका गरी आठवटै स्थानीय तह रहेको जुम्लामा बालविवाहप्रति ध्यान गएको छैन । बालविवाह न्यूनीकरण कार्य स्थानीय तहको प्राथमिकतामा पर्न नसकेको यहाँका स्थानीयवासी बताउँछन् ।

बालविवाहका बारेमा स्थानीय तह जागरुक भएका छैनन् । स्थानीय तहले कानुन बनाएर बालविवाह रोक्ने अभ्यास नै गरेका छैनन् । झनै स्थानीय तहका जनप्रतिनिधिले बालविवाह भइरहेको भोजभतेरमा सहभागी भएर ऊर्जा दिने कार्य भइरहेको स्थानीयवासीले आरोप लगाएका छन् ।

अधिवक्ता अनिता तिमल्सेना स्थानीय तह बालविवाह रोक्ने विषयमा मौन देखिएको बताउनुभयो । “बालविवाह स्थानीय तहको प्राथमिकतामा परेको देखिँदैन, बालविवाह रोक्न कुनै योजना बनेको पनि देखिँदैन, जनप्रतिनिधिसमेत बालविवाहबारे अनभिज्ञ देखिन्छन्, यो राम्रो सन्देश होइन”, उहाँले भन्नुभयो, “गाउँका न्यायिक समिति बालविवाहप्रति बेखबर छन्, घर नजिकै स्थानीय सरकार पनि मौन देखिन्छन्, गाउँमा बालविवाह भइरहेका छन्, जिल्लामा सबैजसो स्थानीय तहमा बालविवाह भइरहेका छन्, तर बालविवाहको तथ्याङ्क कतै पाइँदैन ।”

बीस वर्षमुनिका बालिका गर्भ चेक गराउन आउँदा मात्र बालविवाह गरेको पहिचान हुने गरेका जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख कृष्ण सापकोटाले बताउनुभयो । कानुनी ज्ञान नहुँदा अलमलमा परेका स्थानीयवासी पछिल्लो समयमा कानुनी ज्ञान लिन अदालतमा आउन गरेको अधिवक्ता तिमल्सेनाले बताउनुभयो । उहाँका अनुसार बालविवाह सचेतना, विवाह दर्ता गर्न अभिप्रेरित गर्दै समस्याबारे सम्बोधन गर्ने र दाइजो होइन छोरीलाई शिक्षा दिउँ भन्ने मान्यता स्थापित गर्नु आजको समयको माग छ ।

बालविवाह गर्दा हुने समस्या र कानुनी जटिलताबारे जनप्रतिनिधि बेखबर हुने देखिएको अधिवक्ता तिमल्सेनाले बताउनुभयो । सर्वप्रथम यहाँका जनप्रतिनिधिलाई बालविवाहको कानुनी प्रक्रियाबारे जानकारी दिन आवश्यक रहेको यहाँका सरोकारवाला बताउँछन् ।

बालविवाहविरुद्ध सञ्चार अभियान

नेपाल पत्रकार महासङ्घसहित क्रियाशील पत्रकार र सञ्चारमाध्यमको उपस्थितिमा बालविवाहको अवस्था, न्यूनीकरण र कानूनी व्यवस्थालगायतका विषयमा अन्तरक्रिया गरिएको हो ।

प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा क्याड नेपाल जुम्लाको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष नेत्रबहादुर शाहीले समाजमा व्याप्त बालविवाह र बालअधिकारका घटना बाहिरिएकाले पत्रकारले विशेष सञ्चार महाअभियान अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

बालविवाहले बहुविवाह, अपहरण र हत्या बढेकाले समाजमा भइरहेका गतिविधि उजागर गरी सरोकारवालालाई दबाब दिने मिडियाको भूमिका पहिलो भएकाले यस विषयमा महासङ्घ प्रतिबद्ध भएको अध्यक्ष शाहीको भनाइ छ । क्याड नेपालका परियोजना अधिकृत जयलक्ष्मी चौलागाईंले पत्रकार महासङ्घसँग सहकार्य गरेर बालविवाह रोकथाम गर्न पत्रकार र गैरसरकारी संस्थाको पनि विशेष भूमिका रहेकोे बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.