नेदरल्याण्ड्सको विश्वकप युरोपियन छनोटमा शानदार जित
२० भदौ, एजेन्सी । गएराति भएको विश्वकप युरोपियन छनोटमा नेदरल्याण्ड्सले शानदार जित निकालेको छ ।
शनिबार राति डेपे प्रेरित नेदरल्याण्ड्सले मोन्टेनेग्रोमाथि ४–० को जित निकालेको हो ।
डच टिमको जितमा डेपेले दुई तथा जर्जिन्हो विजनाल्डम र कोडी गक्पोले एक एक गोल गरे ।
दुसान लागेटरले बार्सिलोनाका फरवार्डलाई डिबक्सभित्र लडाएपछि डेपेले पेनाल्टीमा गोल गरेका थिए । डेपेले दोस्रो हाफमा टिमको अग्रतालाई दोब्बर बनाए ।
तेस्रो गोल जर्जिन्हो विजनाल्डम र चौथो गोल कोडी गक्पोको नाममा रह्यो । गाक्पोले देशका लागि पहिलो गोल गरेका हुन् । उनी पीएसभी इन्डोभानबाट व्यवसायीक फुटबल खेल्नछन् ।
डेपेले डच टिमका लागि ३० गोल पुरा गरेका छन् । उनले ९ गोल पछिल्ला ९ खेलमा गरेका हुन् ।
नेदरल्याण्ड्स १० अंक सहित दोस्रो स्थानमा छ । मोन्टेनेग्रो ७ अंक सहित चौथो स्थानमा छ ।