Advertisement

गहना चोरीको घटनामा दुई जना पक्राउ

0 292

Advertisement

१९ भदाै, जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकाको ढल्केबर बजारस्थित एक ज्वेलर्सबाट गहना चोरी गर्ने व्यक्ति र चोरिएको गहना खरीद गर्ने महिला पक्राउ परेका छन् ।

शुक्रबार मिथिला नगरपालिका ६ ढल्केबरस्थित गणेशलक्ष्मी ज्वेलर्सबाट चाँदीका गरगहना चोरी भएको थियो । उक्त गहना चोरी गरेको आरोपमा धनुषाको धनुषाधाम नगरपालिका–८ निवासी टक्करबहादुर मगरातीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

चोरी गरेको गहना खरीद गर्ने मिथिला नगरपालिका–४ पुष्पवलपुर निवासी ३५ बर्षीया सुरेखादेवी यादवलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १२ तोला चाँदी बरामद भएको छ । ज्वेलर्सबाट ४८ तोला चाँदी चोरी भएकोमा अन्यबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगराती र यादवविरुद्व चोरी कसुरमा अनुसन्धान शुरु गरिएको प्रहरीको भनाइ छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.