Nepal's No. 1 Digital News Portal, Business, Corporate, Tourism, Politics, Sports, Entertainment, digitalkhabar.com ...express media network

एक हजार ३५७ सङ्क्रमित थपिए, दुई हजार २७४ जना निको, २३ जनाको मृत्यु

0 123

१८ भदाै, काठमाडाैँ । पछिल्लो २४ घण्टामा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर नौ हजार ७७३ वटा आरटीपीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, चार हजार ५६१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३९९ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई हजार २७४ जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९४.३ प्रतिशत छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म १० हजार ८०९ जना कोरोना सङ्क्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा थप २३ जनाको मृत्यु भएको छ ।

सक्रिय सङ्क्रमित ३३ हजार ६ जना छन् । पछिल्लो २४ घण्टामा नेपालमा एक लाख ६४ हजार ३०२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.