ओलीको रिटमाथि सुनुवाइको सम्भावना न्यून
१८ भदाै, काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग, सभामुख र लुम्बिनी प्रदेशका सभामुखविरुद्ध दायर गरेको रिटको पेसी तोकिएपनि सुनुवाइ नहुने सम्भावना बढेको छ।
ओलीको रिटमाथि सुनुवाइका लागि शुक्रबार न्यायाधीश मीरा खड्काको इजलासमा पेसी तोकिएको भएपनि खड्का र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलास सुरु भएकाले एकल इजलास बस्ने सम्भावना न्यून रहेको सर्वोच्च स्रोतले जानकारी दियो ।
गैरकानूनी रुपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए।