नेपाल भारत बीचको मैत्रीपूर्ण फुटवल खेल बराबरीमा
१७ भदौ, काठमाडौं । नेपालले भारत विरुद्धको मैत्रीपूर्ण फुटबल खेलमा उच्च प्रर्दशनको खेल प्रस्तुत गरेको छ ।
आज भएको प्रतिस्पर्दात्मक खेलमा नेपालले अग्रता जोगाउन नसक्दा बराबरीको नतिजा आएको छ । भने खेलमा भारतलाई दवावमा राखेको थियो ।
नेपाल तथा भारत दुवैले १-१ गोलको बराबरी खेलेका छन् । नेपालको लागि पहिलो हाफको ३५ औ मिनेटमा अन्जन विष्टको गोलमा नेपालले भारतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेला अग्रता लिएको थियो
। तर खेलको ६० औं मिनेटम भारतीय खेलाडीले गोल फर्काएको थिए । भारतको लागि खेलमा सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका थिए ।