Advertisement

जयसिंह धामी बेपत्ता घटनामा कूटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्राचार

0 456

Advertisement

 १७ भदाै, काठमाडाैँ । भारतीय पक्षले तुइन खुस्काएपछि दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा कूटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको छ। 

गृहले अनुसन्धान र पीडित परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग कूटनीतिक पहलका लागि परराष्ट्र मन्त्रालयलाई पत्र पठाएको गृहका प्रवक्ता फडिन्द्रमणी पोखरेलले बताए।

सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा गृह मन्त्रालयले बिहीबार परराष्ट्रलाई पत्र पठाएको हो।

दोषीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता रहेका धामीका परिवारलाई उचित क्षतिपूर्ति भराउने गरी भारतसँग पहल गर्न कूटनीतिक पहल गर्ने पत्रमा भनिएको छ।

पत्रको व्यहोराबारे सार्वजनिक रुपमा भन्न नमिल्ने भन्दै प्रवक्ता पोखरेलले प्रतिवेदनमै भएका कुरा उल्लेख गरेर पत्र लेखिएको बताए। भारतसँग औपचारिक रुपमा कुराकानी गर्ने संयन्त्र परराष्ट्र मन्त्रालय भएकाले छानबिन प्रतिवेदनसहित पठाइएको उनले बताए ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.