Advertisement

सामलिङ पावरको आईपीओ भोलिदेखि

0 803

Advertisement

१७ भदाै, काठमाडाैँ । सामलिङ्ग पावर कम्पनी लिमिटेडले जारी गर्न लागेको स्थानीयका लागि साधारण शेयर (आईपीओ) का लागि भोलि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । कम्पनीले आयोजना प्रभावित इलाम जिल्लाका स्थानीयहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।

यस अघि २२ साउनदेखि नै आईपीओ जारी गर्ने भनिए पनि समयमा आईपीओ खुला हुन सकेको थिए । आईपीओ प्रतिशेयर १०० अंकित मूल्यका ५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।

निष्कासन गरिने कुल शेयरमध्ये ६० प्रतिशत अर्थात् ३ लाख कित्ता आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका बासिन्दाहरुका लागि र बाँकी ४० प्रतिशत अर्थात् २ लाख कित्ता आयोजना अति प्रभावित क्षेत्र ईलाम नगरपालिका वडा नं. ८ र १० तथा माईजोगमाई गाँउपालिका वडा नं. ४ र ५ का बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो ।

आईपीओ निष्कासन बन्द मिति छिटोमा असोज १ गतेसम्म रहेको छ भने ढिलोमा असोज १७ गतेसम्म विक्री हुनेछ । आईपीओमा नेपाल एसबिआई बैंक, एनएमबि बैंक, सिद्धार्थ बैंक, सिभिल बैंक र लक्ष्मी बैंकका ईलाम शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.