Advertisement

यस्तो छ आजको मौसमको अबस्था, यी स्थानमा भारी वर्षाको सम्भावना

0 196

Advertisement

१७ भाद्र, काठमाडौं । आज बिहीबार मुलुकभरको मौसममा सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको रहेको मौसमविद्ले जानकारी दिएका छन् । प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । बिहीबार राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा जनाइएको छ ।

प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा राति पनि मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ । पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुँदा नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.