Advertisement

आजदेखि फोहोर नियमित उठ्ने, केही दिनपछि बन्चरेमा फालिने

0 735

Advertisement

१६ भदाै, काठमाडाैँ । काठमाडौँ उपत्यकामा लामो समयदेखि थुप्रिएको फोहोर आजदेखि नियमित उठ्ने भएको छ भने पाँच-छ दिनपछि बन्चरे डाँडामा पनि फालिने भएको छ । आजदेखि उठाएको फोहोर नुवाकोटको सिसडोल ल्याण्डफिल साइटमा फाल्न लागेको शहरी विकास मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि उठाएको फोहोर सिसडोलमा फालिने भएको हो ।

आजदेखि उठेको फोहोर सिसडोलमा फालिने छ,उहाँले भन्नुभयो,“बन्चरे डाँडामा फोहोर फाल्न अझै पाँच–छ दिन लाग्छ । बन्चरे डाँडाको ल्याण्डफिल साइटको निर्माणको काम नसकिएकाले त्यहाँ फोहोर फाल्ने काम अलि ढिलो हुनेछ ।

उहाँले भन्नुभयो,पहिलो र दोस्रो सेलको काम सकिएकाले फोहोर फाल्न मिल्छ तर निर्माण सम्पन्न गर्न दिएको समय नै अझै बाँकी रहेकाले काम पनि बाँकी छ । उहाँले आफू अनुगमनमै रहेकाले बन्चरेमा अब फोहोर फाल्न मिल्ने जानकारी दिनुभयो । फोहोर फाल्दै बाँकी काम गर्न मिल्छ, यो फोहोर फाल्न कै लागि बनाएको हो, अबको पाँच–छ दिनमा यहाँ फोहोर आउँछ,उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले हिजो फोहोर उठाउने निर्णय गरेको थियो । महानगरले फोहोर व्यवस्थापनका लागि विभिन्न निकायसँग निरन्तर छलफल पनि गरेको थियो । प्रवक्ता शर्माले स्थानीयलाई कुनै असर नपर्ने गरी फोहोर व्यवस्थापन गर्ने गरी निरन्तर लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, विगतका दिनमा जस्तो नहोस् भनेर हामीले अध्ययन अनुगमन गरिरहेका छौँ ।

सिसडोलसम्म जाने बाटो सडक विभागले काठमाडौँ महानगरपालिकासँगको समन्वयमा तत्काल व्यवस्थापन गर्ने भएको छ । स्थानीयले अवरोध गरे बल प्रयोग गरेर भए पनि फोहोर व्यवस्थापन गर्ने प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले हिजो नै बताउनु भएको थियो । काठमाडौँका प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले पनि सकेसम्म शान्ति सुरक्षा कायम गर्दै फोहोर व्यवस्थापन गर्ने र नभए बल प्रयोग गर्ने जानकारी दिनुभएको थियो ।

तर आज त्यस्तो अप्रिय घटना, अवरोध, कुनै ठाउँमा नरहेको महानगरीय प्रहरी प्रमुख (डिएसपी) पूर्णचन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो भएको वार्ताअनुसार शान्तिपूर्वक फोहोर व्यवस्थापनको काम सुचारु छ । आजदेखि सिसडोलमा फोहोर फाल्ने काम भएको छ, त्यस्तो कुनै बाधा अवरोध छैन, उहाँले भन्नुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.