औषधि व्यवस्था विभागको महानिर्देशकमा पुनः नारायण ढकाल नियुक्त
१६ भाद्र, काठमाडौँ । औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाललाई पुनः नियुक्त गरिएको छ ।
यसअघि पनि ढकाल दुईपटक महानिर्देशक भइसक्नुभएको छ ।
मन्त्रिस्तरीय निर्णय गर्दै ढकाललाई औषधि व्यवस्था विभागको महानिर्देशकमा नियुक्त गरिएको हो ।
विभागका हालका महानिर्देशक भरत भट्टराईलाई भने राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुख बनाइएको छ । यसअघि ढकाललाई स्वास्थ्य मन्त्रालयमा फाजिलमा राखिएको थियो ।