प्रमद्वारा निजामती दिवस शुुभारम्भ गरिँदै
१६ भदाै, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विष्णुुमती करिडोरअन्तर्गत परोपकार स्कुल क्षेत्रमा रहेको खाली जग्गामा वृक्षरोपण गरेर यस वर्षको निजामती दिवसको बुधबार शुुभारम्भ गर्दै हुुनुहुन्छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव बद्री तिवारीका अनुसार प्रधानमन्त्रीले वृक्षरोपण गरेर निजामती दिवसको सुुरुवात गर्न लाग्नुुभएको हो । निजामती दिवस भदौ २२ गते मनाइँदैछ । यसैगरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ १६ गते सबै कार्यालयको परिसरमा वृक्षरोपण गर्नसमेत आग्रह गरेको छ ।
४१ लाई निजामती पुरस्कार
यस वर्ष निजामती सेवा दिवसको अवसरमा प्रदान गरिने विभिन्न निजामती सेवा पुरस्कार ४१ जनाले प्राप्त गर्दैछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक, उत्कृष्ट निजामती सेवा पुरस्कार १० ले र निजामती सेवा पुरस्कार ३० जनाले गरी ४१ जनाले पुरस्कार प्राप्त गर्न लागेको जनाएको छ ।
सरकारले निश्चित मापदण्डका आधारमा प्रत्येक वर्ष निजामती सेवा दिवसका अवसरमा निजामती सेवा नियमावली अनुसार कर्मचारीलाई निजामती सेवा पुरस्कार प्रदान गर्न लागिएको मन्त्रालयका उपसचिव तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारका लागि निजामती सेवामा पन्ध्र वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरेको, पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्नमा शतप्रतिशत अङ्क प्राप्त गरेको, पछिल्लो पन्ध्र वर्षमा कुनै विभागीय सजाय नभएको मापदण्ड निर्धारण गरेको छ ।