Advertisement

औषत वर्षाकाे ९९.१ प्रतिशत भयो, भारी वर्षाको सम्भावना टर्‍यो

0 496

Advertisement

१६ भदाै, काठमाडाैँ । मनसुनी अवधिमा हुनुपर्ने वर्षामध्ये ९९.१ प्रतिशत बर्षा भई सकेकाले अव भारी वर्षाको सम्भावना टरेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । मनसुनी अवधि अझै एक महिना बाँकी रहेपनि औसतमा हुनुपर्ने वर्षाको भई सकेकाले ठूलो झरी पर्ने अवधि नभएको वरिष्ठ मौसमविद् बरुण पौडेलले बताउनुभयो ।

भारी बर्षाको अवधि लगभग सकिएको छ, अव देशका केही भागहरुमा सामान्य बर्षा मात्र हुने पौडेलले जानकारी दिनुभयो । मनसुन विष्लेषण शाखाका प्रमुख इन्दिरा कँडेलका अनुसार मनसुनी अवधिभरी हुने औसत वर्षा १४०२.९ मिलिमिटर हो त्यस मध्ये मध्ये १३९०.२ मिलिमिटर अर्थात ९९.१ प्रतिशत बर्षा भइ सकेको जानकारी दिनुभयो ।

महाशाखाले बुधबारदेखि तीन दिनको मौसमपूर्वनुमान अनुसार प्रदेश १ का केही भागहरुमा सामान्य बर्षा हुने जनाएको छ । मंगलबार पोखरामा सबैभन्दा धेरै २३ मिलिमिटर पानी परेको थियो भने वीरेन्द्रनगर,धनकुटा, सिमरा र विराटनगर पानी परेन । शुक्रबारदेखि सोमबारसम्म धेरैभारी बर्षा अर्थात २०० मिलिमिटरसम्म पानी परेको थियो । बुधबारदेखि हल्का बर्षा अर्थात १० मिलिमिटरसम्म पूर्वी नेपालमा पानी पर्ने महाशाखाले जनाएको छ ।

यस वर्ष औसत भन्दा धेरै पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा जेठ १५ देखि असोज १५ गते सम्मको चार महिनाको अवधिलाई मनसुन अवधि मान्ने गरिन्छ । यस वर्ष जेठ २८ गतेबाट मनसुनी प्रणाली भित्रिएको थियो । यो अघिल्लो वर्ष भन्दा दुई दिन अघि हो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.